लिभरपुलले वुल्भ्सलाई २–१ ले हरायो | Khabarhub Khabarhub

लिभरपुलले वुल्भ्सलाई २–१ ले हरायो


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको अति नजिक पुगेको छ ।

उसले उपाधि तर्फको आफ्नो यात्रालाई थप बलियो बनाएको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलका लागि हेन्डर्सन र रोबर्टो फिरमिनोले गोल गरे । वुल्भ्सका लागि जिमेनेजले एक गोल फर्काए । आठौँ मिनेटमा हेन्डर्सनको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो ।

पहिलो हाफमा पछि परेको वुल्भ्सका लागि ५१ औँ मिनेटमा जिमेनेजले बराबरी गोल गरे । तर फिमिनोले ८४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । यो जितपछि जर्गेन क्लोप्पको टिम लिभरपुलले १६ अंकको अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको उसको २३ खेलबाट ६७ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । यो सिजन लिगका २३ मध्ये २२ खेल जितेर अपराजित रहेको लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने तर्फ महत्वपूर्ण पाइला चालेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ३९ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको