प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुँदै   | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुँदै  


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ  जाँदैछन् ।

बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ ।

ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए ।

ती कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने छन् ।

यस्तै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आजै झापा पुग्दैछन् ।

झापामा मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण योजनाहरुका बारेमा जानकारी लिनेछन् ।

मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिल्वालसमेत सहभागी हुने छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ५३ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु