कोरोनाको संकटकै बेला विश्वमा थपिए अन्य खतरनाक रोग | Khabarhub Khabarhub

कोरोनाको संकटकै बेला विश्वमा थपिए अन्य खतरनाक रोग


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरा विश्व कोरोना भाइरसको कहरसंग जुँधिरहेको छ । यहिबीचमा विश्वका केहि देश भने कोरोना संगसंगै अन्य कैयौं भाइरसको सामना गर्न बाध्य छन् ।

विश्वका केहि देशमा कोरोनाका अलावा अन्य रोगको भाइरसको सामना गर्नुपर्ने बाध्यता छ । जसका कारण ती देश स्वास्थ्यका बिषयमा मात्र केन्द्रित छन् । कुन देशमा कुन रोगको संक्रमण थपियो ?

१. इण्डोनेशिया

इण्डोनेशियामा यस समय कोरोनाका अलावा डेंगूको कहर बढ्दो छ । यस बर्ष अर्थात जनवरी यतामात्र इण्डोनेशियामा डेंगूका ४० हजार बढी संक्रमित थपिएका छन् ।

२. ल्याटिन अमेरिका

अमेरिकाको यस क्षेत्रमा त कोरोनासंगै डेंगूको हालात झनै भयावह छ । यहाँ सन् २०१९ मा डेंगूका संक्रमित सबैभन्दा बढि थिए जो सन् २०२० को बर्षमा अझ बढि रहेको छ ।

३. अर्जेन्टिना

अर्जेटिनामा समेत कोरोना भाइरस भन्दा ज्यादा डेंगूका संक्रमित देखापरेका छन् । साथै डेंगूको मारमा रहेको ब्राजिलमा अहिले कोरोनाको संक्रमण फैलदो छ ।

यस अलावा सिंगापुर, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, बांगलादेससहित नेपालमा पनि डेंगू संक्रमित फेला पर्दै गएका छन् ।

४. कंगो गणराज्य

मध्य अफ्रिकामा स्थित कंगो गणराज्यमा कोरोनको कहरका बीच इबोलाको प्रकोप थपिएको छ । सन् २०१८ यता इबोलाको संक्रमण झेलेको कंगोमा यस बर्ष सन् २०२० मात्र ३५ सय संक्रमित फेला परेका छन् ।

५. इथियोपिया

इथियोपियामा कोरोनाका साथसाथै जण्डिसको लडाई शुरु भएको छ । कोरोनको संक्रमणबाट बच्न घरभित्र रहन आदेश गरीएपनि मानिसहरु लण्डिसका कारण अस्पतालहरु चहार्न बाध्य छन् ।

६. भारत र दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकामा कोरोनाका साथ साथै अफ्रिकन स्वाइन ज्वरोको प्रकोप देखापरेको छ ।

७. दक्षिण कैरोलीना

अमेरिकाको दक्षिण कैरोलीनामा बर्ड फ्लूको संक्रमण देखा परेको छ । कैरोलीनामा बर्ड फ्लुका कारण कैंयौ टर्की सहित पक्षीहरु मरेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ४९ बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति