लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार « Khabarhub

लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाणिनी– अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित २ जनालाई उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नम्बर  ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्धार गरी ल्याइएको हो ।

बुबाको निधनपछि एक्ला छोरा धनीश्वर किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

हिन्दू धर्म र संस्कृतिअनुसार छोरा बिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर धनिश्वर र उहाँका छोरा राजुलाई घर ल्याइएको अध्यक्ष गौतमको भनाइ छ । ‘कसैसँग नछोइकन घरमा ल्याएर किरिया बसालेका छौँ, र्‍यापिड टेस्ट र स्वाब परीक्षण गराउँदा सबै रिपोर्ट नेगेटिभ देखिको छ,’ अध्यक्ष गौतमले भने ।

बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका धनिश्वरले स्थानीय तहको सक्रियतामा किरिया गर्न पाएको बताए । छोरालाई लिएर रोजगारीका लागि भारत गएका धनिश्वर लकडाउन भएपछि स्वदेश फर्किए पनि २२ दिनदेखि सिमानामै अलपत्र परेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ४१ बजे

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता

कैलाली – गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि

मेयर शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा – जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

उपत्यकामा एकै दिन २ हजार ६५६ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ६५६

आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन