अपहरण गर्न होइन सांसद यादवले नै बोलाएर गएका थियौं : महेश बस्नेत | Khabarhub Khabarhub

अपहरण गर्न होइन सांसद यादवले नै बोलाएर गएका थियौं : महेश बस्नेत


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसद महेश बस्नेतले डा बाबुराम भट्टराई र उनका सहयोगीलाई साइबर क्राइमको मुद्दा चलाउनुपर्ने बताएका छन् ।

सामाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याएको आरोप डा भट्टराई र विश्वदीप पाण्डेले लगाएका थिए ।

आरोपको प्रतिवाद गर्दै सांसद बस्नेतले आफूहरुको चरित्र हत्या गर्न खोजेको भन्दै उनीहरुलाई साइबर क्राइमको मुद्दा चलाउनु पर्ने बताएका हुन् ।

सांसद यादवको आफूहरुले नभइ डा भट्टराईहरुले अपहरण गराएको आरोप बस्नेतको छ ।

‘सुरेन्द्र यादव मेरा साथी हुन् । म, सांसद् किसान श्रेष्ठ र पूर्व आईजी सर्वेन्द्र खनाल उहाँको घर पुगेका हौं । उहाँले पारिवारिक आतिथ्यमा खाना खुवाउनुभयो । हामी सँगै काठमाडौं आएका पनि हौं’ सांसद बस्नेतले भने,‘तर, बाबुरामजी लगायतले अपहरणको आरोप लगाउनुभयो । उहाँहरुले लगाएको आरोपमा कुरा नबुझी केही मिडियाले मलाई बदनाम बनाउने प्रयास गरे।’

आफूहरु ‘लकडाउनमा अलपत्र परेका मानिसहरुलाई काठमाडौं उपत्यकाबाट बाहिर पठाउने भनि आफूहरु अध्ययन गर्न काठमाडौंबाट बाहिरिएको बेलामा सुरेन्द्र यादवले फोन गरेको सांसद बस्नेतको दाबी छ ।

‘उच्चस्तरीय संयन्त्रसँग सल्लाह गरेरै गएका थियौं । यही क्रममा पूर्व आईजी सर्वेन्द्र खनाल पनि हामीसँग जानुभएको थियो । हामी जाने क्रममा बाटोमा पर्ने जिल्लाका सांसद्हरुसँग सम्पर्क गर्दै, छलफल गर्दै गएका थियौं । त्यही बीच सुरेन्द्रजीले हामीलाई फोन गर्नुभयो ’ बस्नेतले भने ।

समाजवादी पार्टीका सांसद् सुरेन्द्र यादवको घरमै पुगेको र घन्टौं बसेर खाना खाँदै कुराकानी गरेको सांसद बस्नेतको भनाइ छ । आफूहरुले अपहरण गरेर मेरियट होटलमा राखेको कुरामा कुनै सत्यता नभएको बस्नेतको दाबी छ ।

‘सुरेन्द्रजीले म पनि काठमाडौं जानु छ भन्नुभयो । तपाईंहरु सत्तापक्षका सांसद् हुनुहुन्छ, प्रधानमन्त्रीसँग भेट गराइदिनुपर्‍यो भन्नुभयो’सांसद बस्नेतले भने, ‘हामी सबै जना तीनवटा मोटरमा सँगसँगै काठमाडौं आयौं ।’

काठमाडौंमा सांसद यादवले मेरियट होटलमा बस्छु भनेपछि आफूहरुले उनलाई होटल अगाडिसम्म पुर्‍याएर आआफ्नो घरतिर लागेको बस्नेतको दाबी छ ।

सांसद बस्नेतले विहान होटलमा पुगेर डा भट्टराईहरुले सांसद यादवको अपहरण गरेको बस्नेतको दाबी छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ५ : १६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम