आशा छ, जीवनमा फेरि उमंग आउनेछ: जीवन लुइँटेल | Khabarhub Khabarhub

आशा छ, जीवनमा फेरि उमंग आउनेछ: जीवन लुइँटेल


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता जीवन लुइँटेल केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । नेपालमा आफ्ना फिल्म चल्न छोडेपछि उनी अमेरिका हानिएका थिए ।

लामो समय जीवन सामाजिक सञ्जालबाट पनि टाढा थिए । उनले नेपालको सामाजिक क्षेत्रमा र फिल्म क्षेत्रमा केही गर्न सकियो भने मात्र पुनः सामाजिक सञ्जालमा फर्किने मनशाय बनाएका थिए ।

कोरोना भाइरसका कारण विश्व लकडाउनमा रहेका बेला अभिनेता लुइँटेल भने सामाजिक सञ्जाल फेसबूकमार्फ लाइभ आएका छन् । उनले लाइभमार्फत सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

‘लकडाउनका कारण सबैलाई समस्या भएको छ, तर गरीब, किसान र मजदुरलाई थप समस्या भएको छ, सामाजिक अभियन्तालाई मेरो स्वागत छ,’ लुइँटेल भन्छन् ।

त्यसो त अमेरिकामा फैलँदो कोरोना प्रभावका कारण उता पनि उत्तिकै कोरोना प्रभावको जोखिम बढेको छ । कोरोनाको यो महामारीबाट सामाजिक दूरी कायम गर्न उनले सबैलाई आह्वान गरेका छन् ।

‘नेपालमा भएको भए केही सहयोग गरिन्थ्यो होला, बाहिर बसेर कुरा गरेजस्तो मात्र भएको छ, अहिले जो जहाँ छ, त्यहीँबाट सबैले संघर्ष गरिरहेका छौं,’ उनी भन्छन् ।

उनले समाचार हेर्दा नेपालको गरीबी जीवनमा लकडाउनका कारण समस्या देखिएको भन्दै नेपालमा भए सहयोग गर्ने बताएका छन् । उनले आशा व्यक्त गरेका छन्, ‘गरीब मजदुरले पनि खान पाउने अवस्था होस् । थोरै भए पनि गुन्द्रुक र भात नै किन नहोस्, त्यो खाएर भए पनि घरभित्र बसौं स्वस्थ बसौं ।’

उनले मान्छे घरमा धेरै समय बस्दा एक खालको निराशापन आउन सक्ने भन्दै ध्यान र योगा गर्न पनि अनुरोध गरेका छन् । उनी भन्छन्, ‘मलाई लाग्छ, योग र ध्यानले नै हामीलाई सकारात्मक उर्जा दिन्छ, सबै घरमा रहनेबाहेक अरु विकल्प छैन, आशा छ, जीवनमा फेरि उमंग आउनेछ ।’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ०१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम