गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग « Khabarhub

गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रतिम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी कम्पनीका एजेन्टसँग कमिसन (घुस)को मोलमोलाई गरेको अडियो प्रमाणलाई आधार बनाएर बाँस्कोटाविरुद्ध अनुन्धानको माग गर्दै उजुरी दर्ता गरिएको हो ।

उजुरीमा बाँस्कोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा) (१) अनुसारको कसुर गरेको दाबी गरिएको छ । बाँस्कोटाले १ करोड रुपैयाँभन्दा बढी रकम घुस लिन खोजको दाबी गर्दै उनीविरुद्ध १० वर्षसम्म कैद सजाय हुने गरी अनुसन्धान गर्न माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘गोकुल बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रस्ट आधार देखिने भएकाले निज उपर आवश्यक छानबिन गरी यस ऐनमा भए बमोजिम हदैसम्मको कारबाहीका लागि प्रक्रिया शुरु गरि पाउँ ।’

उजुरीकर्ता शिवाकोटी र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न माग गरेका छन् । बाँस्कोटाले घुस रकमको बार्गेनिङ गरेको भिडियो २ महिना अगाडि नै सुनेपनि उनीविरुद्ध कुनै कारबाही नगरेको देखिएकाले ओलीमाथि छानबिन आवश्यक रहेको उजुरीकर्ताको दाबी छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ मा भएको व्यवस्था उल्लंघन गरेको उजुरीकर्ताहरुले दाबी गरेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ मा ‘कुनै सरकारी निकाय तथा सार्वजनिक संस्थाको प्रमुखले आफ्नो वा आफ्नो मातहतका कुनै कार्यालयमा भ्रष्टाचार भएको छ भन्ने कुनै जानकारी प्राप्त हुन आएमा तत्काल त्यस्तो विषयसंग सम्बन्धित कागजात तथा फाइल आफ्नो जिम्मामा लिई सुरक्षित राख्नु पर्नेछ र त्यस्तो विषयसंग सम्बन्धित व्यक्ति तथा कर्मचारीहरूसंग वास्तविक कुरा बुझी भ्रष्टाचार भएको देखिने कारण भएमा त्यस्तो कागजात अनुसन्धान तथा तहकिकातका लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।’ भनी उल्लेख गरिएको छ । तर, प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुँदैछ भन्ने सूचना पाउँदा पनि त्यसलाई रोक्न कुनै कदम नचालेको देखिएको उजुरीकर्ताहरुको भनाइ छ ।

सेक्युरिटी प्रेसको ठेक्का बोलकबोल गर्ने प्रयोजनका लागि निर्वाचनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले स्वीस कम्पनी केबीए–नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो क्लिप सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ०९ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष