अवसरवादले पछि परेको कम्युनिस्ट आन्दोलन « Khabarhub
Logo
२८ श्रावण २०७७, बुधबार

अवसरवादले पछि परेको कम्युनिस्ट आन्दोलन



आज माओवादी आन्दोलन दुई धारामा विभाजित भएको छन् । त्यसमा पहिलो धारा हो नवसंशोधनवादी प्रतिक्रियावादी धारा । जसको प्रतिनिधित्व पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दोस्रो अध्यक्षका हैसियतले गरिरहेका छन् ।

दोस्रो धारा हो मार्क्सवादी क्रान्तिकारी धारा, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) गरिरहेको छ । क्रान्तिकारी माओवादीको नेतृत्व मोहन वैद्य ‘किरण’ ले गरिरहेका छ ।

यस अतिरिक्त क्रान्तिकारी धारामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ( मसाल) लगायतका साना कम्युनिस्ट पार्टी र समूहहरु छन् ।

सर्वविधितै कुरा हो, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्व , पहलकदमी र योजनामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने उद्देश्यका साथ १० वर्षसम्म भीषण जनयुद्ध सञ्चालन गरियो । माओवादीमा १० औं हजार शहीद बने । हजारौं घाइते र अपांग बन्न पुगे भने हजारौंको संख्यामा तत्कालीन राज्यद्वारा विपत्ता पारियो । आजसम्म राज्यले उनीहरूलाई सार्वजनिक गरेको छैन । सरकार तर्फबाट समेत गरी करिब १७ हजार नागरिकहरुको ज्यान गयो ।

पुष्पकमल दाहाल प्रचण्ड- बावुराम भट्टराईले नेतृत्व गरेको १० वर्षे जनयुद्ध विजयको नजिक पुगिसकेकै अवस्थामा नेतृत्व गरिरहेका प्रचण्ड-बावुराममा वैचारिक विचलन आयो ।

त्यसक्रममा तत्कालीन माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ भारतको सिलगुढी जेलमा र अर्का नेता सीपी गजुरेल ‘गौरव’ भारतको चेन्नाई जेलमा क‌ैद गरिएको थियो। यता २०६२ असोज-कार्तिकमा माओवादीको चुनवाङ बैठक सम्पन्न गरियो । त्यस वैठकले जनयुद्धको कार्यक्रम स्थगित गरेर संविधानसभा मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरिने भन्दै ‘ लोकतान्त्रिक गणतन्त्र ‘ कार्यदिशा पारित गर्यो ।

प्रचण्ड-बावुरामले पार्टीले तय गरेको जनसंविधान निर्माण गर्ने कार्यदिशालाई रणनीतिमा बदलेर संसदीय ‘शान्ति र संविधान’ भन्ने संसदीय पुँजीवादी कार्यदिशा पकडेर संसदीय भाषामा डुब्न थाले पनि पार्टी भित्र वैचारिक संघर्ष भीषण बन्दै गयो ।

पहिले तत्कालीन नेकपा (एमाले) सँग ६ बुँदे संझौता गर्यो भने २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा तत्कालीन नेपाली कांग्रेस, एमाले समेतका सात संसदवादी राजनीतिक दलहरुका बिचमा १२ बुँदे संझौता सम्पन्न गरियो । त्यही १२ बुँदे संझौता र १० वर्षे जनयुद्धको जगमा टेकेर २०६२/ ६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो ।

यसकै जगमा टेकेर २०६३ मंसिर ५ गते तत्कालीन विद्रोही माओवादी र नेपाल सरकारका बिचमा बृहत शान्ति संझौता सम्पन्न भयो । त्यसकै आधारमा संयुक्त राष्ट्रसंघ अनमिनको निगरानीमा माओवादीका जनमुक्ति सेना र हतियारहरु ठूला ७ र साना २१ गरी २८ वटा केन्टोन्मेन्टमा राख्ने व्यवस्था गरियो ।

यसकै आधारमा २०६३ माघ १ गते अन्तरिम संविधान घोषणा गरियो माओवादी ८३ जना आफ्ना सांसदसहित संसदमा प्रवेश गर्यो । २०६३ चैतमा पुगेर तत्कालीन माओवादी अन्तरिम सरकारमा सामेल भयो । यसै सिलसिलामा २०६४ चैत २८ गते ऐतिहासिक पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरियो । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएका कारण पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गरियो ।

२०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे शाहवंशीय सामन्ति राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर गणतन्त्रको घोषणा गरियो । यस परिघटनाले नेपालको राजनीतिमा ठूलो परिवर्तन आयो ।

२०६५ मंसिरमा सम्पन्न माओवादीको खरिपाटी बैठकले संविधानसभा मार्फत ‘ साम्राज्यवाद- सामन्तवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक (जन संविधान) संविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पारित गर्यो ।

तर प्रचण्ड-बावुरामले पार्टीले तय गरेको जनसंविधान निर्माण गर्ने कार्यदिशालाई रणनीतिमा बदलेर संसदीय ‘शान्ति र संविधान’ भन्ने संसदीय पुँजीवादी कार्यदिशा पकडेर संसदीय भाषामा डुब्न थाले पनि पार्टी भित्र वैचारिक संघर्ष भीषण बन्दै गयो ।

२०६७ मंसिरमा सम्पन्न पालुङटार प्लेनमले पनि खरिपाटी राष्ट्रिय भेलाले पारित गरेको कार्यदिशालाई नै कार्यान्वयन गर्ने नीति पारित गर्यो ।

२०६८ वैशाख / जेठमा पुगेर प्रचण्ड-बावुरामले पार्टीले तय गरेको कार्यदिशालाई लत्त्याएर संसदीय कार्यदिशालाई नै पकड्न पुगे र २०६९ जेठ १४ गते मध्ये रातमा संविधानसभाको विघटन गरेर २०६९ कार्तिक ४ गते दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरे पछि तत्कालीन माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणको नेतृत्वमा तत्कालीन प्रचण्ड-बावुरामले नेतृत्व गरेको एमाओवादीबाट विद्रोह गरेर २०६९ असार २-५ को बौद्ध भेलाबाट नेपाल कम्युनिस्ट पार्टी-माओवादीको मोहन वैद्य किरणको नेतृत्वमा गठन हुन पुग्यो ।

यसरी १० वर्षको नेतृत्व गरेर आएको माओवादी पार्टी दुई धारामा विधिवत रुपमा विभाजित हुन पुग्यो । प्रचण्डले नेतृत्व गरेको दक्षिणपन्थी एवम् नवसंशोधनवादी धारा नेकपा (माके) हुँदै पहिले नै प्रतिक्रियावादमा पतन हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विलय हुन पुग्यो ।

नेपालमा त विश्व कम्युनिस्ट आन्दोलनमा नै नौलो घटना घटेको छ । जनयुद्धको नेतृत्व गरेको शक्ति नै हजारौं नेता कार्यकर्ताहरुलाई जम्मा गरेर पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा ( एमाले ) मा विलय हुन पुग्यो । यो विश्व मै पहिलो घटना हो ।

अहिले ओली नेतृत्वको प्रतिक्रियावादी सरकारमा सामेल भइरहेको छ भने अर्को मोहन वैद्य किरणले नेतृत्व गर्दै आएको क्रान्तिकारी धाराले ड्यास माओवादी हुदै नेकपा ( क्रान्तिकारी माओवादी ) क्रियाशील भइरहेको छ । सशस्त्र जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने तयारी गररिहेको छ ।

यसरी आज नेपाली माओवादी आन्दोलन क्रान्तिकारी मार्क्सवादी धारा र दक्षिणपन्थी नवसंशोधनवादी प्रतिक्रियावादी धारा गरी प्रस्ट रुपमा दुई भिन्न धारामा विभाजित हुन पुगेको छ र दक्षिणपन्थी नवसंशोधनवादी प्रतिक्रियावादी धारा निकै बलियो बनेको छ भे क्रान्तिकारी धारा आत्मगत अवस्था कम्जोर छ ।

क्रान्तिकारी युध्दको नेतृत्व गरेर अगाडि बढ्ने क्रममा शत्रु द्वारा भीषण दमन भएर नेताहरु जेल पर्ने , भौतिक कार्वाहीमा परेर क्रान्तिकारी आन्दोलन पछाडि पर्ने जस्ता परिघटनाहरु घट्न सक्छन् । जस्तो पेरुमा पेरुभियाली कम्युनिस्ट पार्टी साइनिङपाथका नेत कमरेड गोन्जालोको गिरफ्तारी र जेल सजायका कारण पेरुको जनयुद्ध सेटब्याकमा परिरहेको छ ।

नेपालमा त विश्व कम्युनिस्ट आन्दोलनमा नै नौलो घटना घटेको छ । जनयुद्धको नेतृत्व गरेको शक्ति नै हजारौं नेता कार्यकर्ताहरुलाई जम्मा गरेर पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा ( एमाले ) मा विलय हुन पुग्यो । यो विश्व मै पहिलो घटना हो ।

यससँगै १० वर्षे जनयुद्ध लडेर आएका, शहीद परिवार, घाइते-अपाङ्गता भएका समेतका हजारौं नेता कार्यकर्ताहरु पुष्प कमल दाहाल प्रचण्डका पछि लागेर एमाले भित्र विलय हुन पुगे ।

यो पनि विश्व कम्युनिस्ट आन्दोलन कै पहिलो र नौलो घटना हो । किनभने त्यस मृत्यु र युध्द दुबै रोजेर क्रान्तिका निम्ति होम्मिएका र १० जनयुद्धको प्रक्रियाबाट बचेर आएका ती माओवादी हजारौं कार्यकर्ताहरु त्यति सजिलै भेडाहरुका अगुवा हाम फालेपछि अन्य भेडाहरु पनि उसैमाथि हाम फाले झै गरी हाम फाल्दै एमाले भित्र किन पसे त ?

यो ज्यादै गंभीर प्रश्न हो । यो ज्यादै सोचनीय प्रश्न हो । यो राजनीतिक प्रश्न र विषय पनि हो । किनकि चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सन १९२७ मा दक्षिणपन्थी बनेकाले पहिलो महासचिव छन तु शु लाई पार्टीबाट निकाला गरिएको थियो ।

त्यसैगरि सन १९२९ मा उग्रवामपन्थीको आरोप लागेका दोस्रो महासचिव लि लि शानलाई कारबाही गरेर निकाला गरेका थिए । साथै १९३५ मा वाम विचलनवादी तेस्रो महासचिव वाङमिङलाई कारबाही गेरर पार्टीबाट निकाला गरेर कमरेड माओ त्सेतुङलाई पार्टीको अध्यक्ष बनाएर पार्टीलाई अगाडि बढाइएको थियो ।

सन १९४९ मा कमरेड माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । तर तीन तीनवटा महासचिवहरुलाई लगातार रुपमा वैचारिक, सैधान्तिक रुपमा विचलित भए पनि कारबाही गरिँदा सम्म पनि एक जना कार्यकर्ता पार्टी छोडेर ती गध्दारहरुका पछि लागेका थिएनन् । उनीहरूले त पार्टी खोल्ने प्रयत्न चाहीँ गरेका थिए ।

जनताको सम्पत्तिमाथि ब्रह्मलुट मचाउनका लागि उनीहरुले विगतका पञ्च, कांग्रेस र ज्ञानेन्द्र शाहको निरंकुश शासन कालका कमल थापाहरुलाई पनि उछिनिसकेका छन् ।

तर नेपाली जनयुद्धमा ज्यानलाई हत्केलामा राखेर ज्यान बचाएर आएका ती क्रान्तिका माओवादीका हजारौंको संख्यामा प्रचण्डका पछि लागेर एमालेमा जानु , विलय हुनुका पछाडि मुख्य गरेर दुईवटा कारणहरु रहेको देखिन्छ ।

(१) पहिलो कारण : १० वर्षे जनयुद्धमा लागेका कार्यकर्ताहरुलाई मार्क्सवादका आधारभूत सिध्दान्तहरुका बारेमा आधारभूत प्रशिक्षण दिने, नियमित रुपमा स्कुलिङ गर्ने काममा कमी रहयो । स्कुलिङको व्यवस्थित रुपले सञ्चालन गर्ने कार्य गरिएन । खाली छिटै क्रान्ति सम्पन्न भैहाल्छ भन्दै शीघ्र क्रान्तिको आशावादी बनाएर युध्दमा होम्ने काम मात्र भयो ।

स्कुलिङ र नियमित प्रशिक्षणका अभावले गर्दा जनयुद्धमा होमिएका हजारौं कार्यकर्ताहरुको विश्दृष्टिकोणामा रुपान्तरण नभएका कारण समय र परिस्थितिलाई बुझ्न नसकेर नेताका पछाडि लाग्ने वातावरण बन्दै गयो ।

विचारविहिन कार्यकर्ताहरु वैचारिक विचलनमा परेर साम्राज्यवादी / विस्तारवादीहरुका सामु वर्गीय रुपमा आत्मसमर्पण गरेर क्रान्ति प्रति, जनताप्रति गध्दारी गर्दै प्रचण्ड प्रतिक्रियावादी बनिसकेको एमालेभित्र छिर्ने बेला हजारौं माओवादीका पुराना कार्यकर्ताहरु पनि एमाले भित्र सामसुम हुन पुगे ।

यसको मुख्य कारण माओवादीका नेता कार्यकर्ताहरुमा मार्क्सवादका आधारभूत सिध्दान्तहरुका विषयमा नियमित र व्यवस्थित तथा योजनाबध्द रुपमा स्कुलिङ र प्रशिक्षण नहुनु नै हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा मार्क्सवादका आधारभूत सिध्दान्तहरुका विषयमा कार्यकर्ताहरुमा स्कुलिङ र प्रशिक्षण भएन भने आन्दोलनले कुन दिशा लिन्छ र क्रान्तिले कसरी धोका खान्छ भन्ने उदाहरण प्रचण्ड-बावुराम बन्न पुगेका छन् । प्रचण्ड-बावुरामका पछि पछि लागेर उनैसित आँखा चिम्लेर भेडाहरु झ‌ै हाम फाल्ने माओवादीका पुराना नेता कार्यकर्ताहरु संसारमै नकारात्मक शिक्षा बन्न पुगेको छ ।

(२) दोस्रो कारण : १० वर्षे जनयुद्ध लडेर आएका हजारौं नेता कार्यकर्ताहरु वैचारिक विचलनवादी प्रचण्ड संगै एमालेभित्र छिर्नुको मुख्य कारण उनीहरूका बीचमा पैदा भएको चरम अवसरवाद नै हो ।

आज माओवादीका पुराना हजारौं नेता कार्ययकर्ताहरु मालेमावादलाई काल्नामुनी फ्याकेर , क्रान्तिका सम्पूर्ण लक्ष्य-उध्देश्यहरुलाई एकातिर फ्याकेर खाऊ कमाऊ , लुट्न सकेसम्म लुट भन्ने धन्दामा ज्यान फालेर लागेका छन् ।

प्रचण्ड-बावुरामहरु संसदीय भाषामा चुर्लम्म डुबेर सजिलो बाटो रोजेर खाने कमाउने गर्न थाले । उनीहरुले कम्युनिस्ट भएको हल्लाह पनि मच्चाई राख्ने । अर्कोतिर जनताको सम्पत्तिमाथि लुट मच्चाउने योजनाका साथ प्रचण्ड एमाले भित्र छिरेपछि संसदीय व्यवस्थाका विभिन्न निकाएहरुमा पुगेर पैसा कमाउने, मोज मस्ति गर्न पाइएने भएकोले उनीहरू प्रचण्ड संगै एमालेभित्र विलय हुन पुगेका हुन ।

१० वर्ष जनयुद्ध लडेर आएका माओवादीका नेता कार्यकर्ताहरु अहिले आएर एमालेका नेता कार्यकर्ताजस्तै बनेर सँगै खाने, कमाउने र जनतालाई चर्को कर लगाउने अवस्थामा पुगेका छन् ।

जनताको सम्पत्तिमाथि ब्रह्मलुट मचाउनका लागि उनीहरुले विगतका पञ्च, कांग्रेस र ज्ञानेन्द्र शाहको निरंकुश शासन कालका कमल थापाहरुलाई पनि उछिनिसकेका छन् । आज माओवादीका पुराना हजारौं नेता कार्ययकर्ताहरु मालेमावादलाई काल्नामुनी फ्याकेर , क्रान्तिका सम्पूर्ण लक्ष्य-उध्देश्यहरुलाई एकातिर फ्याकेर खाऊ कमाऊ , लुट्न सकेसम्म लुट भन्ने धन्दामा ज्यान फालेर लागेका छन् । यो क्रान्तिका लागि ज्यादै नकारात्मक पाटो मात्र नभएर संसार भरकै लागि बेइज्जतीको विषय बन्न पुगेको छ ।

अत: माओवादीका पुराना नेता कार्यकर्ताहरु मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा ( क्रान्तिकारी माओवादी ), विप्लव नेतृत्वको नेकपा तिर नलागेर खाउ , कमाऊ , मोजमस्ति गर्दै प्रचण्डको पछि पछि लागेर हाम फाल्दै एमाले भित्र विलय हुन पुगेका छन् ।

पुलिस लगाएर विप्लव र वैद्यका नेता कार्य कर्ताहरुलाई पक्राउने, थुनाउने र झुटा मुद्दा लगाएर कानूनी रुपमा फसाई दिएर जेलमा कोच्ने काममा पुलिसलाई मच्चाई रहेका छन् ।

एक कालखण्डमा माओवादी बनेर जनताको मुक्तिको निम्ति , महान् नेपाली क्रान्तिलाई विजयमा पुर्‍याउन ज्यान हत्केलालाई राखेर कि मृत्यु कि मुक्तिको कसम खाँदै हिडेका माओवादीका पुराना नेता कार्यकर्ताहरु आज कांग्रेसहरु, एमालेहरु, ३० वर्षे पञ्चहरुलाई समेत उछिनेर मुलुक र जनताको सम्पत्ति माथि लुट मच्चाएर भ्रष्टाचारको कलंकको टिका लगाउदै कम्युनिस्टहरुकै बेइज्जती गर्दै निर्लज्ज भएर मालेमावादको जामा पहिरिएर नेपाली धर्तीमाथि प्रतिक्रियावादी नाच छमछमी नाचिरहेका छन् ।


भर्खर

0