ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, केन्द्रीय कमिटीमा ५५६ जना थप (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, केन्द्रीय कमिटीमा ५५६ जना थप (भिडियोसहित)

कसैलाई कारबाही गर्ने मनसाय छैन- ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ ।  ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् ।

कसैलाई कारबाही गरिन्न-ओली

बैठकमा ओलीले आफूले पार्टी नफुटाउने र कसैलाई पनि कारबाही गर्ने मनसाय नभएको बताएका छन्। बाहिर हल्ला गरिएको जस्तो पार्टी फुटाउने वा अरू कसैलाई कारबाही गर्ने नभइ पार्टीलाई सुदृढ बनाउँदै लाने आफ्नो योजना भएको उनले सुनाए ।

‘मेरो मनसाय पार्टी फुटाउँने हैन र छैन पनि । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने हो महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व सुम्पिने नै हो म मेरो पूर्ववत घोषणामा अडिग छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ५२ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार