कृषि विकास कार्यालयको गेटमा भेटिएका बम सेनाबाट निष्क्रिय | Khabarhub Khabarhub

कृषि विकास कार्यालयको गेटमा भेटिएका बम सेनाबाट निष्क्रिय


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ ।

सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो ।

ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ३ : ५९ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा