कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग  | Khabarhub Khabarhub

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नेपाली जनप्रगतिशील मोर्चाको माग 



दोहा- कतार, साउदी र यूएईमा क्रियाशिल नेपाली जनप्रगतिशील मोर्चाले कोरोना संक्रमितको निःशुल्क गर्न सरकारसँग माग गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै मोर्चाले संक्रमित भएका सम्पुर्ण नागरिकको उपचार  सरकारले निःशुल्क गर्नुपर्ने माग गरेको हो ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोनाले आक्रन्त बनिरहेको परिस्थितिमा सङ्क्रमितहरु दिन दुई गुणा रात चौगुणा बढीरहेको यस जटिल अवस्थामा आफूले आफैलाई सर्बहारा जनताको पार्टी र सरकार भन्ने निकायबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आएकोले हाम्रो नेपाली जनप्रगतिशील मोर्चाले गम्भीर  ध्यानाकर्षण भएको छ ।’

सरकारले कात्तिक २ गते सरकारले विपन्न, ज्येष्ठ नागरिक लगायतबाहेक कोरोना भाइरसबाट संक्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन आफैँले गर्नुपर्ने निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ५५ बजे

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा