डा केसी अनसनरत अवस्थामा काठमाडौँ आउँदै | Khabarhub Khabarhub

डा केसी अनसनरत अवस्थामा काठमाडौँ आउँदै


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी अनसनरत अवस्थामा आज काठमाडौँ आउँदै छन् ।

मेडिकल शिक्षाका विभिन्न माग राख्दै नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी मंगलबार काठमाडौँ आउन लागेका हुन् । डा केसी काठमाडौँ आउनका लागि सोमबार नै नेपालगञ्जको भेरी अस्पतालमा आइपुगेका थिए ।

डाक्टर केसीका सहयोगी हिमालयन कार्कीका अनुसार उनी ११:२५ को फ्लाइटबाट काठमाडौँ आउँदैछन् ।

“हामीले भेरी अस्पताल बाट एयरपोर्ट तर्फ जाँदैछौं, डा केसीको काठमाडौ आउने फ्लाइट ११:२५ को छ । त्यसैले हामी एयरपोर्टमा जादैँ छौ,” कार्कीले खबरहबलाई बताए ।

डा केसी काठमाडौँ लागि पनि सत्याग्रहलाई भने निरन्तरता दिने बताएका छन् । डा केसीले आफ्ना मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको गुनासो गरेका छन् । उनले आफूलाई अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको समेत बताएका छन् ।

९ दिनदेखि जुम्लाबाट १९ औं अनशन बसेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई जुम्लामै हुँदा आईसीयुमा राखेको थियो ।

डाक्टर केसीको स्वास्थ्यमा समस्याआउन थाली सके पनि सरकारले भने वार्ताको लागि कुनै पहल नगरेको भन्दै डा केसीको समर्थनमा विभिन्न ठाउँमा आन्दोलनहरु समेत हुन थालेको छ ।

डाक्टर केसीका समर्थकहरुले डा केसीको जीवनरक्षाको माग गर्दै आज साँझ ५ बजे माइतीघर मण्डलामा सयजना जम्मा भएर सय मिनेट अनशन बस्ने घोषणा समेत गरिसकेका छन् ।

केसीले हिजो एक विज्ञप्तिमार्फत जुम्लावासीहरुलाई अनसनमा साथ दिएकोमा धन्यवाद दिँएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : १६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम