लकडाउनमा फुटबलर विकेश कुथुको दैनिकी - पुस्तक पढ्नेदेखि पब्जी खेल्नेसम्म | Khabarhub Khabarhub

लकडाउनमा फुटबलर विकेश कुथुको दैनिकी – पुस्तक पढ्नेदेखि पब्जी खेल्नेसम्म


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथु अहिले ललितपुरको इमाडोलस्थित आफ्नो घरमा आमा बुबासँगै लकडाउनको समय कटाइरहेका छन् ।

फागुन तेस्रो साताबाट नेपाली टोली फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बन्द प्रशिक्षणमा जुटेको थियो । तर, फागनु अन्तिम साता नेपाल सरकारले भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाएसँगै नेपालमा खेलकुद गतिविधि अवरोध भए ।

त्यहीँ क्रममा विश्वकप छनोटको अभ्यासमा जुटेको नेपालको पनि बन्द प्रशिक्षण बन्द भयो । त्यसपछि चैत ११ गतेदेखि सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडाउन घोषणा गर्‍यो ।

लकडाउन जारी भएको २ महिना पुगेको छ । कोरोनाको प्रभाव झन बढ्दै गएको छ । कोरोनाकै कारण नेपालमा ३ जनाले ज्यान गुमाएका छन् भने ४८७ जना संक्रमित छन् ।

देशका विभिन्न ठाउँमा बढ्दो कोरोना संक्रमणले सबैलाई चिन्तित बनाएको विकेश बताउँछन् । खासगरि सिन्धुपाल्चोकको बाह्रबीसेकी सुत्केरी महिलाको निधनले उनलाई अचम्मित पारेको छ ।

‘त्यसअघि सिन्धुपाल्चोकमा कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन् । तर, एक्कासी मृत्यु खबर आउँदा अचम्म लाग्यो,’ बाह्रबीसे गाउँपालिका घर भएका विकेशले भने ।

राष्ट्रिय टोलीका गोलकिपर विकेशको घर पनि बाह्रबिसे गाउँपालिकामै हो । त, पछिल्लो समय उनको परिवार इमाडोलमा बसोबास गर्दै आएका छन् ।

लकडाउन लम्बिँदै जाँदा समस्या पनि बढ्दै गएको उनको भनाई छ । अहिले घरमै केही समय अभ्यास गर्ने गरेको उनी बताउँछन् । ‘मैदानमा हुनु पर्ने खेलाडी लामो समय घरमा बस्नु पर्दा असर त गर्छ नै तर, बिहान उठेर एक छिन वर्क आउट, एक्सर्साइज्ड गर्छु,’ विकेशले भने, ‘समय कठिन भएपनि अहिलेको अवस्थामा हामीले स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्छ ।’

मैदानमा खेल्न नपाए पनि मानसिक रुपमा आफुलाई तन्दुरुस्त राख्नु पर्ने विकेश बताउँछन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पहिलो रोजाईका गोलकिपर कुथुले भने, ‘अहिले सबैले आ–आफुलाई मोटिभेट गर्नुपर्छ । मलाई लाग्छ कोरोना पछिको मानव समाज फरक तरिकालेअगाडि बढ्नेछ ।’

घरमा बस्दा इन्टरनेट, ‘पब्जी’ खेलको साथसाथै भान्सामा आमालाई सघाउने गरेको विकेश बताउँछन् । ‘वर्क आउट पछि केही समय नेटमा व्यस्त हुन्छु । कोरोना भाइरसबारेका समाचारहरु हेर्छु,’ विकेशले भने ।

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी विकेश मैदानमा मात्रै होइन भान्सामा पनि राम्रा कुक भएको बताउँछन् । साथै उनले समय समय नयाँ नयाँ खानाका परिकारका बनाउने गरेको पनि उनले बताए ।

‘भान्सामा पनि म राम्रो कुक हुँ, सानैदेखि मलाई आमाले खाना बनाउन सिकाउनु भएको थियो । हामी दुई दाजु भाइमात्रै हुँदा आमालाई सघाउन मैले खाना बनाउन सिकेको थिए । अहिले काम लागिरहेको छ,’ हास्दै विकेशले सुनाए भने ।

रातिको समय पब्जी खेलमा जाने गरेको उनी बताउँछन् । ‘रातिको समयमा पब्जी खेल्छु । हाम्रो परिवारकै एक ग्रुप छ । त्यसमै पब्जी खेल्छौं,’ उनले भने ‘कहिलेकाही अलि लेट नाइट पनि बसिन्छ । त्यसो भयो भने बिहान अलि ढिलो उठिन्छ ।’

विकेश इन्टरनेटमा मात्रै होइन् किताबमा पनि रुचि राख्छन् । उपन्यास, मोटिभेन्सल किताबमा उनको रुचि छ । अहिले उनी ‘दी म्याजिक अफ थिङ्कीङ विग – डेभिड स्वाड्स’ को किताब पढिरहेका छन् ।

उक्त किताबले कोरोना भाइरसले मनोविज्ञान कमजोर बनाइ राख्दा केही हौसला मिलेको बताउँछन् ।

कोरोना कारण विश्व खेलकुद निकै पछाडि धकेलिएको बताएका विकेश यसले नेपाली फुटबलमा पनि असर पर्ने बताउँछन् । मुख्यगरि खेलाडीको प्रदर्शनमा लामो समयको घर बसाईले असर गर्ने उनी बताउँछन् ।

‘अहिले घरमा रहँदा जति राम्रो अभ्यास गरेपनि फिल्डमा गरेको जस्तो हुँदैन,’ विकेशले भने, ‘मैदान फर्किएपछि फेरी शून्यबाट सुरु गर्नु पर्छ । त्यसले समस्या त गर्छ न्र ।’

फुटबल फर्किएपछि दर्शकको मन जित्न पनि समय लाग्ने उनी बताउँछन् ।

‘खेलका लागि त फिफाले अभ्यासका लागि समय पनि देला । तर, फुटबल फर्किएपछि दर्शकहरुले कति विश्वास गर्छ भन्ने कुरा महत्वपूर्ण हो । खेलकुदमा त भिडभाड नै हो नित !’

सामाजिक दुरीको कुराले दर्शकलाई यसप्रति नकारात्मक बनाउन सक्ने उनको अनुमान छ । विकेशले सबैलाई सरकारको निर्देशन पालना गर्न आग्रह समेत गरेका छन् । ‘सबै सिरियस भएर सरकारलाई साथ दिउँ, सुरक्षित बसौं, स्वास्थ्यको ख्याल गरौं,’ उनले भने ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १ : ५४ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको