अंपुन चक्रवातले भारतमा ७२ जनाको मृत्यु, प्रधानमन्त्री मोदी प्रभावित क्षेत्रको अवलोकमा जाँदै | Khabarhub Khabarhub

अंपुन चक्रवातले भारतमा ७२ जनाको मृत्यु, प्रधानमन्त्री मोदी प्रभावित क्षेत्रको अवलोकमा जाँदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण  भारत र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण रुख, बिद्युतका पोलहरू ढलेका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ/ठाउँमा घर नै भत्काउँदा कतिपय मानिसहरुको त्यही च्यापिएर मृत्यु भएको जनाइएको छ ।

चक्रवातले भारतको कोलकता र ओडिशा क्षेत्र बढी प्रभावित भएका छन् । भारतको मौसम विभागका अनुसार बुधबार राति ८ देखि १० बजेसम्म त्यहाँ २२२ मिलिमिटर पानी परेको थियो ।

चक्रवात प्रभावित क्षेत्रको अवलोकन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई २/२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेकी छन् ।

यसैबीच प्रभावित क्षेत्रको आज प्रधानमन्त्री नरेन्द्र मोदीले अवलोकन गर्ने भएका छन् । मोदी ओडिशा र पश्चिम बंगाल क्षेत्रको अवलोकनमा जाने र त्यहाँ राहत तथा उद्धारको अवस्थाबारे समिक्षा गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले विहिबार ट्वीटरमार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ६ : १६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम