पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्षमाथि कुटपिट | Khabarhub Khabarhub

पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्षमाथि कुटपिट


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुनिचाँदे– गाउँमा पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्ष कुटिएका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई मंगलबार राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।

कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो ।

वडाध्यक्ष नेपालीमाथि खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ ।

घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : ३२ बजे

कक्षा १२ को परीक्षा (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा