जनावरबाट सर्ने भाइरसले मानव जातिलाई नै नष्ट गर्न सक्ने बैज्ञानिकहरुको चेतावनी ! | Khabarhub Khabarhub

जनावरबाट सर्ने भाइरसले मानव जातिलाई नै नष्ट गर्न सक्ने बैज्ञानिकहरुको चेतावनी !


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ११ वर्ष पहिले पहिलेदेखि नै कोरोना भाइरसविरुद्धको अनुसन्धान थालिएको भए पनि अहिले आएर कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ ।

करिव ११ वर्ष अघि जब अमेरिका र चीनले एकसाथ विश्वका खतरनाक भाइरसहरु खोज्ने मिशन शुरु गरेका थिए तब उक्त मिसनमा अमेरिकासहितका ३१ राष्ट्रले सहभागीता जनाएका थिए ।

उनीहरुले विश्वमा रहेका डरलाग्दा भाइरसहरुको खोजी गर्न थाले । जनावरहरुबाट मानिसमा सर्नसक्ने भाइरसहरुको बारेमा ३१ देश मिलेर एकमुष्ट अभियान अघि बढाए ।

अमेरिका, चीन सहित ३१ देशका वैज्ञानिकहरुले यो भाइरसबाट हुने संक्रमणका बारेमा अध्ययन शुरु गरेका थिए । उनीहरुको अध्ययनले अन्य भाइरसविरुद्ध सफलता हासिल गरे पनि कोरोना विरुद्ध अथक मेहनतलाई विफल तुल्याइ दिएको छ । अझै वैज्ञानिकहरु कोरोनाविरुद्धको अनुसन्धानमा अहोरात्र खटिरहेका छन् । कोरोनाले अहिले विश्वलाई नै त्रसित बनाइदिएको छ ।

उक्त मिशनको नाम ‘प्रेडिक्ट’ राखिएको थियो भने यसको ‘फन्डिङ’ ‘युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट’ले गरेको थियो । उक्त मिशनको लक्ष्य विश्वमा एउटा यस्तो अन्तर्राष्ट्रिय नेटवर्क बनोस्, जसबाट मानिसहरुलाई भाइरसले हमला गर्न नसकोस् भन्ने थियो।

जब कोरोना भाइरस (कोभिड-१९)ले सारा विश्वमाथि आक्रमण शुरु गर्यो, त्यो बेला विश्व कोरोनासँग लड्नको लागि तयार थिएन । त्यसकै परिणामस्वरुप अहिले विश्वले यो समस्या भोगिरहेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका भाइरस रिसर्च सेन्टरका एसोसिएट डाइरेक्टर माइकल बचमियर भन्छन्, माछो जालमा जसरी फस्छ, त्यसै गरि आज विश्व कोरोना भाइरसको जालमा फसेको छ ।

उनले भने, ‘उक्त मिशनमा ग्याप धेरै थियो, भाइरसबाट बच्न सक्ने अवसरहरु पत्ता लगाउने बाटो थिए । तर बिडम्बना यो थियो कि, हामीसँग पैसा कम थियो, मानव संसाधनको पनि कमी थियो, त्यसैले हामीले जसरी काम गर्नुपर्ने थियो त्यो गर्न सकेनौँ । परिणाम आज आएर भयानक भइदियो ।’

‘डिसेम्बर सन् २०१९ बाट चीनमा कोरोना भाइरस फैलिन शुरु भएको थियो, त्यो भन्दा ठिक तीन महिना अगाडि अमेरिकी सरकारले प्रेडिक्ट मेसिनको फन्डिङ बन्द गरिदिएको थियो । अमेरिकी सरकारले त्यो बेला उक्त मिशनलाई लिएर आफूसँग फरक प्लान रहेको बताएको थियो,’ उनले भने ।

विश्वमा अहिले बेला ६ लाख भन्दा धेरै भाइरस भएको वैज्ञानिकहरुले बताएक छन् । वैज्ञानिकहरुले ति सबै भाइरसहरु जनावरबाट मानिसमा सर्न सक्ने बताएका छन् ।वैज्ञानिकहरुले ६ लाख भाइरसमध्येका केहिले भने खतरनाक प्रकोप फैलाएर सारा विश्वमा रहेका मानव जातीलाई नष्ट गर्न सक्ने बताएका छन् ।

वैज्ञानिकहरुले यदि मानिसहरुले जंगली जनावरहरुलाई आफूबाट टाढा नराख्ने हो भने, मानव जातीलाई नै जनावरबाट सर्ने भाइरसले नष्ट गर्न सक्ने चेतावनी समेत दिएका छन् ।

सबैभन्दा खतरनाक भाइरस चमेरो, मुसा र बाँदरबाट पाईने गरेको वैज्ञानिकहरुले बताएका छन् । त्यो भन्दा पनि खतरा चमेरो र मुसाको प्रजातीका जीव जन्तुहरुमा पाइने वैज्ञानिकहरुले जनाउँदै आएका छन् ।

वैज्ञानिकहरुलाई सार्स कोरोना भाइरसले खतरनाक रुप लिन सक्छ भन्ने कुरा पहिल्यै देखि थाहा थियो । सन् २००२ मा चीनबाट नै सार्स फैलिएको थियो । त्यसपछि बिस्तारै सार्सले विश्वका ३० देशमा आफ्नो संक्रमण फैलाएको थियो । सन् २००७ मा हङकङ्गका वैज्ञानिकले एक रिसर्च पेपरमा कोरोना भाइरस एक ‘टाइम बम’ भएको कुरा लेखेका थिए ।

यस कारण हामीले सहजै भन्न सक्छौँ कि, कोरोना भाइरसको बारेमा वैज्ञानिकहरुलाई थाहा थियो । प्रोडिक्ट मिसनमा सहभागी रहेको गैर सरकारी संस्थान ईको हेल्थ एलायन्सका केविन ओलिवनले वुहान ‘इन्स्टीट्युट अफ वायरोलोजी’ले चमेरोमा कोरोना भाइरसका विभिन्न प्रजातिहरु पाईएको बताएका थिए ।

ति मध्ये कोरोना भाइरसका केही प्रकारमाथि वुहान इन्स्टीट्युट अफ वायरोलोजी प्रयोग चलिरहेको थियो । तर भाइरस त्यहिँबाट लिक भयो वा अन्य ठाउँबाट त्यो भने अहिलेसम्म पत्ता लागेको छैन ।

केविन ओलिवलले भने, ‘कोरोना भाइरस जनावरबाट मानिसमा सरेको सत्य हो, किनभने चीनका केहि शहरहरुमा जंगली जनावरहरुको मासु खाने गर्दछन्, विशेष गरेर जंगली जनावरहरुमा भाइरस रहेको हुन्छ ।’

अमेरिकाको डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी (DARP) का महामारी विशेषज्ञ रोहित चिताले भने, कोभिड १९ लाई रोक्नका लागि विश्वले कुनै प्रयास गरेन । मानिसहरुको ध्यान संक्रमितलाई उपचार गर्न तिर रहेको छ, त्यसलाई रोक्न तर्फ हुँदैन, त्यसैले संक्रमणको रफ्तार बढी रहेको छ ।’

उनले औषधि बनाउन प्रोडिक्टलाई गएको १० वर्षमा जम्मा २०० मिलियन डलर दिइयो, तर आपत् काल आए लगत्तै अमेरिकाले राहत कोषका लागि २ ट्रिलियन डलर जम्मा गरेको छ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि, सरकार रोग फैलिनबाट रोक्नका लागि भन्दा राहतका लागि अघि सरेको छ ।

अमेरिका अझै नयाँ प्रोग्राम शुरु गर्ने तयारीमा रहेको छ । जसको नाम रहेको छ, ‘स्टप स्पिलओभर’ अर्थात् ‘भाइरस कतैबाट लीक नहोस् ।’ तर प्रोग्राम कति ठूलो हुन्छ भन्ने बारेमा भने बताईएको छैन ।

जोन होपकिन्स ब्लूमवर्ग स्कूल अफ पब्लिक हेल्थका निर्देशक थोमस इंग्लेस्बीले भविष्यमा हाम्रो ध्यान यस्तो भाइरस सर्भिलन्समाथि हुनुपर्ने बताएका छन् । प्रोडिक्ट जस्तो मिशनलाई उचित तरिकाबाट चलाउनु पर्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ४२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम