प्रचण्ड साइकिलिङमा व्यस्त, भेटघाट बन्द | Khabarhub Khabarhub

प्रचण्ड साइकिलिङमा व्यस्त, भेटघाट बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनिरहेको छ । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा नेपालले पूर्व सावधानी अपनाउँदै केही निर्णयहरुसमेत गरेको छ ।

२५ जना भन्दा धेरै मानिस भेला हुन नपाउने, लामो दूरीका सवारीसाधान बन्द, अत्यावश्यक बाहेकका सेवा बन्द लगायतका निर्णय गरेको छ ।
सरकारले अत्यावश्यक बाहेकका काममा ननिस्कन सर्वसाधारणलाई आह्वान गरेको छ ।

नेताहरुले बन्द गरे भेटघाट

कोरोना संक्रमणको त्रासकाबीच राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई बन्द गरेका छन् भने उनीहरु घर मै बसेर समाचार, पत्रपत्रिका, टेलिभिजन हेरेर समय विताइरहेका छन् ।

आवश्यक काम मोबाइल र इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अन्य नेताहरुले राजनीतिक भेटघाट र अन्य कार्यक्रमहरु बन्द गरेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्ड भने शारीरिक सन्तुलनका लागि सक्रिय रहेको एक भिडियो सार्वजनिक भएको छ ।

शारीरिक सन्तुलनका लागि व्यायाम र खेलकुदमा सक्रिय रहने प्रचण्डले ‘साइकिलिङ’ गर्ने गरेका छन् ।

खुमलटारस्थित निवासको पार्किङमा प्रचण्ड साइकलमा फन्को मारिरहेका देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ३८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम