छोरीको बीमा गराउनेलाई ३ महिना नि:शुल्क इन्टरनेट | Khabarhub Khabarhub

छोरीको बीमा गराउनेलाई ३ महिना नि:शुल्क इन्टरनेट


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ ।

त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ ।

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए ।

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उनले बताए ।

सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : ३८ बजे

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा