मछिन्द्र क्लबसँग १–० ले स्तब्ध भयो पुलिस | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

मछिन्द्र क्लबसँग १–० ले स्तब्ध भयो पुलिस



नेपाल पुलिस क्लब

काठमाडौं–  शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आठौं चरणको पहिलो खेलमा जीत निकालेको मछिन्द्र १६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । पुलिसविरुद्ध मछिन्द्रका रञ्जित धिमालले गोल गरे ।

उनले ५३ औं मिनेटमा फ्री किकमा गोल गरेका हुन् । पराजित पुलिसको ८ खेलमा ११ अंक जोडेको छ ।


भर्खर

0