नेपाली दूतावास कुवेतका श्रमसहचारी ज्ञवालीको मृत्यु | Khabarhub Khabarhub

नेपाली दूतावास कुवेतका श्रमसहचारी ज्ञवालीको मृत्यु



दोहा- कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ ।

ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य जटिल भन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको दूतावासले जनाएको छ ।

दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निधन प्रति दुःख व्यक्त गर्दै दूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा  गहिरो समवेदना प्रकट गरेको छ ।

राजदूतावासले ज्ञवाली प्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामनासमेत गरेको छ ।

तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी गुल्मीकी २८ वर्षीया ज्ञवाली अविवाहित हुन् । उनको शव आइतबार नै जजिरा एयरलाइन्समार्फत स्वदेश पठाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०४ बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक