३९ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी | Khabarhub Khabarhub

३९ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो ।

उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा यही असोज २६ मुनिराज क्षेत्रीलाई नियुक्ति दिएका थिए ।

डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।

तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन तर प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान पाएका छैनन् । कल्याणकारी समाजले उपकुलपतिले नियुक्त गरेका तेस्रो डिन फिर्ता लिनुपर्ने माग गरेको छ ।

डिनसहित राखिएका मागबारे छलफल गर्न उपकुलपति प्रा डा वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन ।

प्रतिष्ठान केन्द्रीय कार्यालयमा दुई साताअघि पुग्नुभएका उपकुलपति प्रा डा वाग्ले समाजसँग आफैँ बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले लगाए ।

यता नेपाल पत्रकार महासङ्घ जुम्लाले उपकुलपति प्रा डा वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको दुई साता बढी भइसक्दा पनि प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट बञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ ।

प्रतिष्ठानको नेतृत्वले फोनसमेत नउठाएर सूचना लिने अधिकारबाट बञ्चित गरेको भन्दै तीनरतीन डिन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकुलपति प्रा डा वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम