अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा र उनकी प्रेमिकालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा र उनकी प्रेमिकालाई कोरोना संक्रमण


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्।

‘सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियमको पालना गरेका छन्,’ ती प्रवक्ताले भनेका छन्। सङ्क्रमित पुष्टि भएसँगै उनी क्वारेन्टाइनमै रहेका प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोना सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यसमेत केही समय अगाडि संक्रमित भएका थिए।

अहिले ट्रम्प जुनियरकी महिला साथी किमबेर्ली गुइल्फोयलेमा पनि सङ्क्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्। ट्रम्प जुनियर हालै २ सय ५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रि भोजमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन्।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : २१ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला