मोरङको ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु | Khabarhub Khabarhub

मोरङको ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको ग्रामथान गाउँपालिका – ४ मा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

ग्रामथान – ४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीया सीता अधिकारी, उनकी १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीमा दुई छोरी डुबेपछि उद्दारमा गएकी सीताको पनि मृत्यु भएको ढकालले बताए ।

प्रहरीका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।

माइतमा घर नजिकै खेतमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । दिउँसो पोखरीमा डुबे पनि प्रहरीलाई खबर भने साँझ ६ बजेतिर मात्र पुगेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ०१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड