साउदीको दमामबाट हिमालय  र नेपाल एअरलाइन्सका थप ९ उडान हुने | Khabarhub Khabarhub

साउदीको दमामबाट हिमालय  र नेपाल एअरलाइन्सका थप ९ उडान हुने



दोहा- साउदी अरवको दमामबाट काठमाडौंको लागि थप ९ वटा चार्टर उडान हुने भएका छन्।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २३, २४,२५,२७, र २९ तारिखमा दमामबाट उडान गर्ने भएकाले नेपाल जान चाहनेले टिकट लिन सक्नेछन् ।

यसैगरी हिमालय एअरलाइन्सले दमामबाटै सेप्टेम्बर २५ र ३० मा एक/एक तथा २९ तारिखमा दुई उडान हुने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको कागजात अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

यसघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २४ र २८ तारिखमा दमामबाट उडान गर्नेछ ।

यसैगरी, हिमालय एअरलाइन्सले सेप्टेम्बर २२,२६ तथा २९ मा रियादबाट उडान गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

साथै वहिर्गमन भिसा सकिसकेको तथा सेप्टेम्बर ३० भित्र सकिन लागेकाहरुलाई टिकटमा प्रथामिकता दिन ट्राभल एजेन्सीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान