प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ? | Khabarhub Khabarhub

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ?


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा बलिउड ४ महिना ठप्प भयो । अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ ।

हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो । यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ ।

यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका लागि सैफ अली खानलाई प्रस्ताव गरिएको छ ।

सैफले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि सैफले फिल्म ‘तान्हाजी’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मबाट उनले खुबै तारिफ पाएका थिए ।

‘आदिपुरष’ मा प्रभाससँगै दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ । यो फिल्म तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने फिल्मलाई थ्रीडीमा समेत निर्माण गरिनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : २४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम