दुबई विमानस्थलमा अलपत्र २६२ नेपालीका लागि आइतबार उडान हुने | Khabarhub Khabarhub

दुबई विमानस्थलमा अलपत्र २६२ नेपालीका लागि आइतबार उडान हुने



दोहा : यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ ।

उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एअरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार २६३ जना यात्रुहरुले अगस्ट २३ तारिख हुने बिहानको उडानका लागि आ-आफ्नो टिकटको मिति परिवर्तन गराउन आज नै नेपाल एअरलाइन्सको अफिसमा जना समेत सबैलाई अनुरोध गरेका छन् ।

साथै उनले फेरि कोरोना परिक्षण गर्नु पर्ने भएकाले यसअघि आरडीटी वा पीसीआर टेस्टको समयावधि सकिएको भन्दै आज र भोलि भित्र पुन: आरडीटी टेस्टको लागी अल शबाब अल अहली क्लवमा वा पीसीआर टेस्ट गर्नसमेत उनले आग्रह गरेका छन् ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्थापन नभएकाले सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका २६२ जना नेपालीहरु अलपत्र परेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : २८ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।