दक्षिण भारतीय अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ | Khabarhub Khabarhub

दक्षिण भारतीय अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्मकी अभिनेत्री ऐश्वर्या अर्जुनमा कोरोना पोजेटिभ देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जनाएकी छिन् ।

‘हालै मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ, म घरमै क्वारेन्टिनमा छु, मेडिकल टिमले दिएको सबै सल्लाहको पालना गरिरहेकी छु,’ उनले भनिन् ।

उनले यदि कोही सम्पर्कमा आएको भए आफ्नो ध्यान राख्न र मास्कको प्रयोग गर्न समेत आग्रह गरेकी छिन् ।

फ्यानले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । ऐश्वर्याभन्दा पहिले अर्जुन सरजाका भतिजा ध्रुव सरजा र उनकी पत्नीमा पनि कोरोना देखिएको थियो । ऐश्वर्या अर्जुन साउथका एक्सन हिरो अर्जुन सरजाकी छोरी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : ४२ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको