भारतको आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी  प्रभावित | Khabarhub Khabarhub

भारतको आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी  प्रभावित


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसेन्जी – भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको मृत्यु भएको छ ।

आसाममा केही दिनदेखि परिरहेको अविरल वर्षाले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार ८५ जनाको बाढीबाट ज्यान गएको छ भने अरू २६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । तीमध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् ।

आसामका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  २ : ३५ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा