यी हुन् सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम | Khabarhub Khabarhub

यी हुन् सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ ।

आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।

उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।

आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ । उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेको खण्डग्रस सूर्यग्रहण भन्दाभन्दा ठीक विपरीत तरिकाबाट लागेकाले पनि यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने अनुमानित गरिएको छ ।

ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित गरीएको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित गरीएको छ । ग्रहणका बेला गर्न नहुने कार्य र गर्नुपर्ने कार्यका बारेमा केहि जानकारी दिदैंछौ :

सूर्य ग्रहणको सूतक काल

ग्रहणकाे सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ। ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ ।

सूतक बार्नुपर्ने कारण

ग्रहण लागेको बेला सूतकको विषेश महत्व हुन्छ । हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस अवधिमा कुनै पनि शुभकार्य गर्न बर्जित गरिएको छ । सूतक काललाई अशुभ समय मानिन्छ ।

ग्रहण लागेको बेला गर्न नहुने कार्य

१. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४. ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५. ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६. ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७. ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८. ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११. ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२. ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।

ग्रहण लागेको बेला के गर्ने ?

१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
५. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ४७ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि