मनिषा कोइरालालाई 'मह'जोडी लगायतका कलाकारको साथ | Khabarhub Khabarhub

मनिषा कोइरालालाई ‘मह’जोडी लगायतका कलाकारको साथ


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेको खुशीयालीमा अभिनेत्री मनिषा कोइरालले गरेको ट्वीटलाई लिएर भारतीय मिडियामा हंगामा मच्चिएको छ ।  अभिनेत्री कोइरालालाई गाली गर्दै भारतीय मिडियाहरुले उनलाई विवादित बनाएका छन् ।

भारतीय मिडियाहरुले कोइरालाको विरोध गरिरहेका बेला नेपालका चर्चित कलाकारहरु भने मनिषाको पक्षमा उभिएका छन् । उनीहरु सबैले अभिनेत्री कोइरालाको अभिव्यक्तिको खुलेर स्वागत गरेका छन् ।

सामाजिक सञ्जालहरुबाट नेपालीहरुले अभिनेत्री कोइरालाको कर्मभूमि भारतको मुम्बई भएपनि उनी नेपाली छोरी हुन् र उनले त्यही भावना व्यक्त गरेकी भनेर हौसला बढाइरहेका छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दिपाश्री निराैला र जितु नेपालले मनिषाकाे समर्थन गरेका छन् । रेडियाे काठमाडौं ९२.१ मेघाहर्जमा यु .पी. लामिछानेसँगकाे संवादमा उनीहरुले काेइरालाकाे पक्षमा धारणा राखे ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफू भूगाेलकाे विद्यार्थी भएकाे भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएकाे यथेष्ठ प्रमाण रहेकाे बताए । आध्यात्मिकमा विश्वास गर्ने नरेन्द्र माेदी प्रधानमन्त्री रहेकाबेला नाकाबन्दी गरेकाे स्मरण गरे । उनले भारतीय मिडियामा बाैद्धिकता नभएकाे भन्दै नायिका काेइरालाले सत्यकाे पक्षमा बाेलेकाे बताए ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतीय मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएकाे बताए । “मनिषा काेइरालाले देशकाे पक्षमा जे बाेल्नुभएकाे छ । उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँले माेह र डर त्यागेर जुन साहस गर्नुभयाे । सबै नेपालीले धन्यवाद उहाँलाई धन्यवाद दिनुपर्छ´´, उनले भने ।

त्यस्तै, अभिनेत्री दिपाश्री निराैलाले नायिका काेइरालाले बाेलेर राम्राे काम गरेकाे बताइन् । उनले कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेकाे प्रशंसा गरिन् । कलाकार जितु मनिषालाई नेपालले भारतीय मिडियाले विवादमा तानेको देख्दा उनीहरुप्रति दया जागेको बताए। आफूहरु सधैँ मनिषाको साथमा रहने समेत बताए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ३९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०