२४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक, कोरोना तत्काल नियन्त्रण नहुने डब्ल्युएचओको चेतावनी | Khabarhub Khabarhub

२४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक, कोरोना तत्काल नियन्त्रण नहुने डब्ल्युएचओको चेतावनी


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ ।

विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डब्ल्युएचओले महामारी तत्काल नियन्त्रणमा आउन नसक्ने जनाएको हो ।

बुधबारको पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता जनाएका छन् ।

विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने समेत उनले बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुनेको संख्या बढ्न सक्ने उनले बताएका छन् ।

डब्ल्युएचओका अनुसार अहिलेसम्म ४८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख १९ हजार हाराहारी मानिसको मृत्यु भएको छ ।

तर कोरोना भाइरसकै सूचना अद्यावधिक गरिरहेका कतिपय साइटहरूले भने मृतकको संख्या ३ लाख २९ हजारभन्दा बढी र संक्रमितको संख्या ५१ लाख हाराहारी पुगेको तथ्यांक सार्वजनिक गरेका छन् ।

डब्ल्युएचओले संक्रमण नियन्त्रणमा आउन समय लाग्ने जनाइरहँदा अमेरिकासहितका कतिपय युरोपेली मुलुकहरूले भने लकडाउन खुकुलो बनाइसकेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम