कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना ! « Khabarhub

कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना !


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट जोगिन हुम्लाको नाम्खा गाउँपालिकाले लकडाउन उल्लंघन गरी सीमा क्षेत्रमा आवतजावत गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार रुपैयाँ जरिवानासहित सम्बन्धित व्यक्तिकै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

गाउँबाट आधा घण्टामा पुग्न सकिने मैदानमा क्वारेन्टाइनको निर्माण गरिएको छ । बाहिरबाट आएकाहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने, उल्लंघन गरेर घरमा गएको खण्डमा पूरै परिवार क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ ।

गाउँपालिकाले पुलमा काँडाकाे बार लगाएर अन्य व्यक्तिहरुको प्रवेशमा समेत निषेध गरेको छ ।  स्थानीयले टुक्सोखोल्मु पुलमा काँडाको बार लगाएर आवतजावतमा रोक लगाएका हुन् ।

गाउँमा अन्य गाउँबाट आउने कोही पनि छिर्न नपाउन् भनेर स्थानीयले यस्तो उपाय निकालेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा)ले बताए ।

उनीहरुले  गाउँका बासिन्दाबाहेक अन्य अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन गाउँ प्रवेश गर्ने मुख्य पुल नै बन्द गरेका हुन् ।

पुलमा बार लगाउनुका साथै कोही नयाँ व्यक्तिहरु लुकीछिपी प्रवेश गर्लान् कि भनेर पालो मिलाएर पुलमा निगरानी समेत गर्ने गरिएको छ ।

यसैगरी नाम्खा गाउँपालिकाको वडा नं. ३ को केर्मी गाउँका बासिन्दाले पनि लकडाउन उल्लंघन गरेमा १० हजार जरिवाना तोकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : २६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा