नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको | Khabarhub Khabarhub

नेपालमा पाँचौं कोरोना संक्रमित उपचार पछि निको


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो ।

अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो ।

कोरोना निको भएपछि अस्पतालले उनलाई मंगलबार नै डिस्चार्ज गरिदिएको छ । सेती प्रादेशिक अस्पतालमा यसअघि बैशाख ७ गते २१ वर्षीया पुरुषमा कोरोना संक्रमण निको भइ घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा हाल ३ जना कोरोना संक्रमित भने उपचारत अवस्थामा छन् । सेती प्रादेशिक अस्पतालमा निको भएका दोस्रो कोरोना संक्रमितसँगै नेपालमा कोरोना रोग जित्ने व्यक्तिको संख्या ५ पुगेको छ ।

हाल नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३२ पुगेकोमा अब २७ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा