सय परिवारलाई आँचल र उदिपले बाँडे राहत | Khabarhub Khabarhub

सय परिवारलाई आँचल र उदिपले बाँडे राहत


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप श्रेष्ठले आफ्नो टोलका एक सय परिवारलाई राहत वितरण गरेका छन् ।

आर्थिक रुपमा समस्यामा परेका परिवारलाई आँचल र उदिपले खाद्यान्न सहयोग गरेका हुन् । आँचलले सामाजिक सञ्जालमार्फत आर्थिक समस्यामा परेकालाई सहयोग गरेको बताएकी छिन् ।

उनले सबैलाई एकजुट हुन र सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले क्षेत्रपात्री क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको र पुनः सहयोग गर्ने पनि बताएकी छिन् ।

‘म र उदिप जीले एउटा वेबसाइट निर्माण गरेर अनलाइनमार्फत जानकारी लिएर सहयोग गर्ने योजना बनाएका छौं, छिट्टै यसबारेमा जानकारी दिनेछु,’ आँचलले भनिन् ।

अरु नेपाली कलाकारहरुले ज्याला मजदुरी गर्दै आएका परिवारलाई सहयोग गर्दै आइरहेका छन् । केही समयअघिसम्म भने आँचलले बडो तामझामका साथ बिहे गरेको तर आर्थिक सहयोग नगरेको भन्दै विरोध भएको थियो ।

आँचलले गत २९ फागुनमा डाक्टर उदिप श्रेष्ठसँग बिहे गरेकी थिइन् । बिहेमा उनले १६ लाखको लेहेंगा लगाएको र हेलिकप्टर चढेर ह्यात होटलमा गएको खबरले चर्चा चर्चा पाएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ३४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड