चोटका कारण शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने | Khabarhub Khabarhub

चोटका कारण शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चोटका कारण भारतीय भरपर्दा व्याट्सम्यान शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने भएका छन् ।

बायाँ काँधमा लागेको चोट निको नभएको र आराम गर्नपर्ने भएकाले खेल गुम्ने भएको हो। भारत भ्रमणमा आएको अस्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखरलाई चोट लागेको थियो।

यहि शुक्रबारदेखि शुरु हुन गईरहेको ५ खेलको टि – ट्वान्टी सिरिजबाट शिखर धवन बाहिर छ्न् ।

अस्ट्रेलियाका आरोन फिन्चले सट कभरमा प्रहार गरेको बललाई रोक्ने क्रममा उनको बायाँ काधमा चोट पुग्न पुगेको थियो ।

उनलाई त्यसपछि तत्कालै अस्पताल लगिएको थियो र त्यसपछि उनी ब्याटिङ गर्न पनि आएका थिएनन उनको स्थानमा लोकेश राहुलले ब्याटिङ गरेका थिए ।

पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका धवनको अनुपस्थितिले टिमका लागि भने ठूलो धक्का लागेको छ।

भारतले न्युजिल्याण्ड भ्रमणका दौरान ५ खेलको टि – ट्वान्टी सिरिज , ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल खेल्नेछ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ४६ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको