प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनमा खटिने कर्मचारीको तालिम सम्पन्न भइसकेको तथा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

निर्वाचनका लागि जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए ।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि २५ कर्मचारी परिचालन हुने भएको छ । बिहान १० बजे मतदान शुरु भई अपराह्न ४ बजेसम्मका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत खतिवडाले बताए ।

निर्वाचन सकिएलगत्तै मतगणनाको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए । प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ जना गरी कूल ३७९ जना मतदाता छन् ।

सो निर्वाचनमा महिला समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, दलित समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान छन् । सोही अनुरुप, अल्पसङ्ख्यक समूहअन्तर्गत एक पदको निर्वाचनमा नेपाली काँग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह छन् भने अन्य समूहअन्तर्गत एक पदका लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ०० बजे

इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश

काठमनाडौँ– ‘मिसिङ्ग क्रिप्टोक्वीन’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट

वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा

सुर्खेत- वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक

मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक

कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण 

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण