अस्ट्रेलियामा भीषण आँधीबेहरी, तीस हजार घरमा विद्युत सेवा अवरुद्ध « Khabarhub

अस्ट्रेलियामा भीषण आँधीबेहरी, तीस हजार घरमा विद्युत सेवा अवरुद्ध


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिड्नी- मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए ।

रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो । केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आँधीबेहरी आएको बताइएको छ ।

सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : २० बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो

जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक 

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले

मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा

पहिराले बागलुङ–घोडाबाँधे सडक अवरुद्ध

बलेवा – वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड

मध्यपुरथिमिको बजेट सर्वसम्मत पारित

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको सोमबार बसेको छैटौँ नगरसभाको दोस्रो बैठकले