फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म? | Khabarhub Khabarhub

फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म?


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् ।

प्रचारका क्रममा विराज र निकिता कैयन् महोत्सव र कार्यक्रममा पुगेका छन् । निकितालाई यतिबेला भ्याइनभ्याइ छ । फिल्म रिलिजपूर्व निकिताले राम्रो चर्चा कमाएकी छिन् ।

त्यसो त निकिताले कस्तो अभिनय गरेकी छिन्, त्यसका आधारमा उनको थप तारिफ हुने पक्का छ । यसअघि सार्वजनिक भएका गीत र ट्रेलरले पनि दर्शकको ध्यान खिचेका छन् । डेब्यु फिल्मबाटै निकिताले जुन चर्चा पाएकी छिन्, यस्तो चर्चा कमै अभिनेत्रीले पाउने गरेका छन् ।

निकिता स्वयम् पनि यो फिल्मभन्दा राम्रो डेब्यु अरु हुन नसक्ने बताउँछिन् । फिल्ममा उनको काम कस्तो छ त्यो भने हेर्न बाँकी छ । फिल्मको चर्चा त दर्शकलाई विश्वास दिलाउने एउटा आधार मात्र हो । फिल्म चल्नलाई आखिरमा फिल्म नै राम्रो हुनुपर्छ ।

अहिलेलाई यति आशा गर्न सकिन्छ, ‘साङ्लो’ ले दर्शक पायो भने यसको कारण एक्सन स्टार विराज भट्ट मात्र नभएर निकिताको पनि उत्तिकै भूमिका हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ३८ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ नेम्वाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक