विश्वमाझ अमेरिकाको पुनः परिचय गराउने अवसर | Khabarhub Khabarhub

विश्वमाझ अमेरिकाको पुनः परिचय गराउने अवसर



नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडनले विश्वका नेतामाझ एउटा उद्घोष गरिसकेका छन्, ‘अमेरिका इज ब्याक अगेन’ अर्थात अमेरिका फेरि पहिलाकै अवस्थामा फर्किंदैछ । अहिले विश्वले अमेरिकाको आगामी कदम कस्तो हुन्छ भनेर पर्खिरहेको छ ।

बाइडन–ह्यारिस प्रशासनले अमेरिकालाई विश्वमाझ पुनः परिचय गराउँदै गर्दा, उनीहरूले छनोट गर्ने शब्दले आन्तरिकरूपमा त अमेरिकालाई सहयोग पुग्नसक्छ नै, बाह्य देशसँगको साझेदारीमा पनि वृद्धि हुनसक्छ । अमेरिकालाई यसको प्रत्यक्ष फाइदा चीनसँग प्रतिस्पर्धा गर्दा हुनेछ ।

तपाईंहामीले ख्याल गरेकै हौँला, अमेरिकीहरू धेरै गफ गर्छन् । बाइडन–ह्यारिस प्रशासनले अमेरिकी जनतामाझ पहिलो प्रभाव कसरी पार्छ भन्ने कुरा अति महत्वपूर्ण हुनेछ ।

बाइडनह्यारिस प्रशासनलाई बधाईको शुभकामना सन्देश आउन, वार्ताहरू अघि बढाउन, चेतावनी दिन र संकट निस्तेज पार्न अवसर आउन बाँकी नै छ । र, यी सबै कुराको विश्वले चर्चा गर्ने नै छ ।

योसँगै विदेशी नेताहरूसँग अमेरिकी नयाँ प्रशासनको भेटघाट, बैठक आदि हुने नै छ । रणनीतिक दस्तावेजले आगामी दिनका प्राथमिकतालाई इङ्गित गर्दै कार्यकारी शाखाहरूलाई सोही रणनीति अनुरूप सञ्चालनका लागि मार्गदर्शन गर्नेछ । सार्वजनिक मञ्चमा गरिने भाषणले नयाँ प्रशासनको भावी दिनका कदममा सहयोग पुर्‍याउनेछ ।

बाइडन–ह्यारिस प्रशासनलाई बधाईको शुभकामना सन्देश आउन, वार्ताहरू अघि बढाउन, चेतावनी दिन र संकट निस्तेज पार्न अवसर आउन बाँकी नै छ । र, यी सबै कुराको विश्वले चर्चा गर्ने नै छ । यसका लागि आफ्नो भाषणमा के भन्ने र कसरी भन्ने, यो ठम्याउन सक्नु पनि हालको अवस्थामा बाइडन—ह्यारिस प्रशासनका लागि प्रमुख चुनौती हो ।

आकर्षक शौलीको भाषणले अभावको पूर्ति गर्न त नसक्ला तर प्रभावकारी सन्देशले सम्भावनाको दायरा फराकिलो अवश्य बनाउँछ । यसो गर्नु सक्नु अतुलनीयरूपमा गाह्रो छ । जब राष्ट्रपतिले पेन्सिलभेनियामा बोल्छन्, टेक्सासमा बसेका मानिसले पनि त्यो भाषण सुन्छन् ।

जब अमेरिकाले रसियालाई चीनसरह आफ्नो प्रतिस्पर्धीका रूपमा व्याख्या गर्छ,  मक्किएको अर्थतन्त्र र घट्दो क्रममा रहेको जनसंख्याको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनलाई यसले आनन्दित तुल्याउँछ । इतिहासका प्रतिस्पर्धी चीन र रसियालाई एकै ठाउँमा आउने गरी पेलान गर्दा यहाँ अमेरिकाको रणनीतिक अभाव देखिन्छ ।

यस्तै इन्डियामा, हङकङमा र दक्षिण कोरियामा बस्ने मानिसले पनि राष्ट्रपतिको भाषण सुनिरहेका हुन्छन् । आलोचक र प्रतिस्पर्धीहरू प्रतिउत्तर दिन र झुक्याउन प्रतीक्षारत हुन्छन् । विश्व सरल रङ्गमञ्च होइन, यो एक अराजक र प्रतिस्पर्धी रणभूमि हो ।

विषय बदल्नुअघि ट्रम्प प्रशासनको ‘अमेरिका पहिलो’ नीतिका विषयमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । ‘अमेरिका पहिलो’ नीति कच्चा र प्रत्युत्पादक भए पनि यसले अमेरिकाको वास्तविक आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको थियो । अमेरिकीहरूका लागि उक्त नीति श्रवणीय नै थियो । ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ र अन्य विदेश नीतिको जार्गन शब्द सरल भाषामा भन्नुपर्दा उक्त नीतिले अमेरिकीहरूलाई सहयोग गर्ने वाचा गरेको थियो ।

‘अमेरिका पहिलो’ भन्ने नीति भुत्ते भयो । यसले खास अर्थमा अमेरिकीहरूलाई सहयोग गर्न सकेन । उल्टो अमेरिकाका सहयोगी राष्ट्रलाई खतराको संकेत दियो । केही साझेदार देश अमेरिकासँग रुष्ट बन्ने अवस्था आयो । यसले सजिलो चिजलाई अप्ठेरो बनायो । समान विचारधारा भएका राष्ट्रहरूले संयुक्त वक्तव्य निकाल्ने अवस्था आयो । यसले व्यापार वार्ताका लागि समेत असहज अवस्थाको सृजना गर्‍यो । यसको मूल्य अमेरिकावासीले तिर्दैछन् ।

यसले अमेरिकीलाई एउटा पाठ भने सिकाएको छ । त्यो के भने ‘अमेरिका इज व्याक अगेन’ भन्दै गर्दा विदेश नीतिमा हामीले पहिलाको जस्तै क्रुद्ध भाषाको प्रयोग गर्नुपर्ने छैन । विदेश नीतिको बृहत् भाषणका लागि समय र स्थान हुन्छ तर त्यसबेला, विशेष गरी त्यतिबेला, अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाको विदेश नीतिले उनीहरूको जीवनमा कसरी सुधार ल्याउँछ भन्ने जानकारी पाउनुपर्ने हुन्छ । जलवायु परिर्वतनको मुद्दा सम्बोधन गर्नेदेखि चीनसँग प्रतिस्पर्धा गर्नु आजका ठूला चुनौतीहरू हुन् ।

यो एक कार्यकालभन्दा धेरै समय लाग्ने विषय हो । प्रभावकारी प्रतिक्रिया जीवन्त राख्न पनि घरेलु समर्थन आवश्यक हुन्छ । त्यसैले घरेलु समर्थकलाई प्रभाव पार्ने नीति ल्याउन नयाँ प्रशासनले तदारुकता देखाउनुपर्छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडनको सन्देश सुलभ हुनुका साथै निश्चितरूपमा अमेरिकापरस्त छ । साथै, विदेशीलाई पनि आह्वान गर्ने किसिमको छ । उनले विदेशमा बस्ने मध्यम वर्गीय मानिसमाझ आफ्नो सन्देश फैलाउँदैछन् ।

सन् २०१८ यता विश्वको बहुसंख्यक जनसंख्या इतिहासमै मध्यम वर्गीय अथवा धनी भएको छ । समृद्धि र सुरक्षाका लागि उनीहरूको मौलिक आकांक्षा एउटै किसिमको छ । उनीहरूको भविष्य एकअर्कासँग जोडिएको छ । सुदृढ अर्थतन्त्र, कम भ्रष्टाचार र स्वच्छ हावा विश्वका सबै मध्यम वर्गीय मानिसको फाइदासँग जोडिएको छ ।

अमेरिकाले दिन खोजेको सन्देश सही हिसाबमा बाह्य देशमा पुग्यो भने चीनसँग विदेशमा प्रतिस्पर्धा गर्न पनि सहज हुनेछ । पहिलो सुझबुझपूर्ण कदमले शक्ति संघर्षका विषयमा स्थानीय तहमा रहेको धारणा परिर्वतन गर्नसक्छ । अनजानमै सही, महाशक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको कुराले अमेरिकाको प्रतिस्पर्धीलाई नै सहयोग पुर्‍याएको छ । जब अमेरिकाले रसियालाई चीनसरह आफ्नो प्रतिस्पर्धीका रूपमा व्याख्या गर्छ,  मक्किएको अर्थतन्त्र र घट्दो क्रममा रहेको जनसंख्याको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनलाई यसले आनन्दित तुल्याउँछ । इतिहासका प्रतिस्पर्धी चीन र रसियालाई एकै ठाउँमा आउने गरी पेलान गर्दा यहाँ अमेरिकाको रणनीतिक अभाव देखिन्छ ।

चीनलाई लक्षित गरी सार्वजनिक गरिने कडा बयानले बेइजिङलाई थप शक्तिशाली बनाउन सक्छ । गत अप्रिलमा जब ट्रम्प प्रशासनले विश्व स्वास्थ सङ्गठन (डब्लुएचओ) बाट निस्किने तयारी गर्‍यो, राष्ट्रिय सुरक्षा सल्लाकार रोवर्ट ओ ब्रायनले भनेका थिए, ‘चीनले डब्लुएचओलाई करीब ४० मिलियन अमेरिकी डलर बराबर सहयोग गर्छ, जुन अमेरिकाको तुलनामा दस भागको एक भाग हो ।

‘अमेरिका इज ब्याक अगेन’ एक प्रस्थानबिन्दु सन्देशमात्रै हो । यसभित्र शान्त भावना लुकेको छ जसमा आत्मविश्वास देखिन्छ । यसको परिपालकले यो सन्देशको मर्म भने पालना गर्नुपर्छ । यसो गर्न सके ट्वीटरमा देखिएको भड्किलोपनमा ब्रेक लाग्नेछ र चीनले तीव्र र असुरक्षितरूपमा बढाउँदै गरेको सार्वजनिक कूटनीतिको विपरित हुनेछ ।

यद्यपि, डब्लुएचओ चिनियाँ प्रोपगाण्डाको माध्यम भएको छ ।’ चीनले गरेको थोरै कामका लागि धेरै गुनासो गर्नु र बधाई दिनुभन्दा पनि अमेरिका आफैँले पर्दा पछाडि प्रभावकारी काम गर्दै सफल कामको विश्व बजारमा सार्वजनिकरूपमा छलफल चलाउनुपर्छ ।

आलोचनात्मकरूपमा भन्नुपर्दा,  विदेशी दर्शकले चीन र अमेरिकाबीचको भूराजनीतिक चेस खेलको प्यादाका रूपमा आफूलाई देख्दैनन् । उनीहरूका आफ्नै चाहना र आवश्यकता छन् । विकासशील अर्थतन्त्रमा उनीहरूको विकल्पलाई सीमित राख्न आग्रह गर्नु आफैँलाई प्रत्युत्पादक हुने विषय हो । गत महिना ब्राजिलका चार ठूला टेलिकम कम्पनीले अमेरिकी सरकारी अधिकारीसँग भेट गर्न मनाही गरे । उनीहरूलाई हवाई नेटवर्कबाट बाहिर जान निरन्तर दबाब दिइएको थियो ।

तेस्रो देशको बजारमा चीनसँग प्रभावकारी प्रतिस्पर्धा गर्न अमेरिकाले आफ्नो सुरक्षा रणनीतिको मानसिकताबाट बाहिर निस्किएर आफूलाई फाइदा हुने आर्थिक रणनीति अघि बढाउनुपर्छ । जब तपाईंले कार खरिद गर्न टेस्ट ड्राइभ गर्नुहुन्छ, विक्रेताले प्रतिस्पर्धी कम्पनीको भन्दा आफ्नो कारको कमजोरी बताएर ड्राइभ गर्न लगाउँदैन बरु उसको नभएको सुविधा बताएर टेस्ट ड्राइभको लागि प्रेरित गर्छ ।

अमेरिकाले हाल फाइभ जी प्रविधि जोड्न देशहरूलाई प्रोत्साहित गर्न वित्तपोषण गर्ने नीति लिएको छ । यद्यपि, अमेरिकी अधिकारीहरू वैकल्पिक लाभमा भन्दा चिनियाँ उपकरणका विषयमा ध्यान दिइरहेका छन् ।

सन्देशवाहकले पनि एक हदसम्म प्रभाव पार्छ । संयुक्त राज्य अमेरिकाको विविधताको उपयोग गर्नुका साथै बाइडन–ह्यारिस प्रशासनले विदेशीहरूसँगको पहुँचका लागि मेयर र गभर्नरलाई पनि परिचालन गर्न सक्छन् । हाल धेरै जसो राज्यहरूका विदेशमा व्यापारिक कार्यालय छन् ।

स्थानीय अधिकारीसँग सम्बन्ध बढाउँदा दोरोहो फाइदा हुन्छ । एक त यसले विदेशमा घरेलु समर्थन निर्माण गर्न सहयोग पुग्छ भने अर्कोतर्फ विदेशीसँग व्यावहारिकरूपमै जोडिन सहयोग पुग्छ । यसको मतलब सबै विदेशी सम्बन्ध फाइदाजनक नै हुन्छ भन्ने होइन तर विदेशमन्त्रीले ‘राज्य र शहर’ को मन्त्री जसरी सोचेर अवसरको सृजना गर्न सक्छन् ।

‘अमेरिका इज ब्याक अगेन’ एक प्रस्थानबिन्दु सन्देशमात्रै हो । यसभित्र शान्त भावना लुकेको छ जसमा आत्मविश्वास देखिन्छ । यसको परिपालकले यो सन्देशको मर्म भने पालना गर्नुपर्छ । यसो गर्न सके ट्वीटरमा देखिएको भड्किलोपनमा ब्रेक लाग्नेछ र चीनले तीव्र र असुरक्षितरूपमा बढाउँदै गरेको सार्वजनिक कूटनीतिको विपरित हुनेछ ।

(जोनाथन इ. हिलम्यान द एम्पारर्स न्यू रोड : चाइना एण्ड प्रोजेक्ट अफ सेन्चिरीका लेखक हुन् । यस्तै उनी वासिङटनस्थित रिकनेक्टिङ एसिया प्रोजेक्ट याट् द सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरन्याशनल स्टडिज्का निर्देशक पनि हुन् । सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरन्याशनल स्टडिजमा प्रकाशित यो लेख नेपालीमा भावानुवाद गरिएको हो ।)  

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ३२ बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक