प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन | Khabarhub Khabarhub

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ ।

प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन् ।

फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ । उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन् । रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ ।

भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ०८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम