मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने खड्का प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने खड्का प्रहरी नियन्त्रणमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्दै आएकी बालिका खड्कालाई नियन्त्रणमा लिएको छ ।

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहँदा पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खड्काले केही नेताहरुलाई भेट्नुपर्ने भन्दै जबरजस्ती कार्यालयमा छिर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।

एसपी राठौरका अनुसार अहिले उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ११ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई