उपचार नपाएर कोरोना संक्रमित बुवाको मृत्यु भएको भन्दै छोरीले हालिन् रिट | Khabarhub Khabarhub

उपचार नपाएर कोरोना संक्रमित बुवाको मृत्यु भएको भन्दै छोरीले हालिन् रिट


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना संक्रमणपछि अस्पतालको लापरबाहीले आफ्नो बुबाले अकालमा ज्यान गएको भन्दै घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।

साउन २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले बुधबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् ।

सामाजिक विकास मन्त्रालय स्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतलाई विपक्षी रिट निवेदन दर्ता गरिएको छ ।

छोरी निलिमा दाहालको रिट निवेदन अनुसार विद्युत सुचारु गर्नु पर्ने जिम्मेवारीका कारण नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

लगत्तै सामाजिक दुरी कायम गरी संक्रमित दाहाललाई भेट्न अस्पताल जाँदा स्वास्थ्यकर्मीले केही हुँदैन बुवाको अवस्था सामान्य छ भनेका थिए । २८ गते दिउँसो १२ बजे भेट्न जाँदा कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको र उपचार अभावमा स्वास्थ्य असामान्य भएको बुवाले बताएको रिट निवेदनमा भनिएको छ ।

निवेदक निलिमाले रिट निवेदनमा भनिएको छ–‘२८ गतेका दिन दिउँसो म निवेदकले बुवाको स्वास्थ्य अवस्था बुझ्दा आईसोलेसनमा कोही स्वास्थ्यकर्मी सोधपुछ गर्नसम्म नआउने, खाने सुत्नेको प्रवन्ध राम्रो नभएको, आफुलाई असामान्य जस्तो स्वास्थ्यकर्मीलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको भन्नुभएकोमा एक्कासी साँझ ४:५५ बजेको समयमा सञ्चारमाध्यमबाट बुवाको निधन भएको भनी जानकारी भएबाट विपक्षीहरुको लापरबाहीले स्वास्थ्य न्युनतम उपचारसमेत नपाई मेरो बुवाले अकालमा ज्यान गुमाउनु परेको छ ।’

उनले अहिलेसम्म लापरवाही गर्ने उपर कुनै छानविनसमेत नभएको, पिसिआर परीक्षण गर्दा दिदी र आमामा पनि संक्रमण पुष्टि भएपछि कोभिड १९ अस्पतालमा आइसोलेसन बस्न अनुरोध गर्दा घरमै बस्नु भन्ने जवाफ आएपछि असुरक्षितरुपमा घरमै बस्न वाध्य भएको समेत रिट निवेदनमा उल्लेख गरेकी छिन् ।

रिट निवेदनमा स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि स्वास्थ्य संस्थाले न्यूनतम उपचार सेवा दिनुको साटो बिरामीलाई कैदीबन्दीको जस्तो व्यवहार गर्दा अकालमा बाबुको ज्यान गएको भनिएको छ ।

कोरोना संक्रमितको उपचारमा तीनै तहका सरकारहरु जिम्मेवार नभएको, एकले अर्कालाई समस्या पन्छाउने र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले गर्दा आम सर्वसाधारणले साधारण रोगको समेत उपचार पाउन नसक्ने अवस्था रहेकोले विपक्षीहरुलाई जिम्मेवार बनाउन जरुरी रहेको उल्लेख गरिएको छ ।

संक्रमणको अवस्था बढिरहेको सन्दर्भमा अस्पतालहरुको क्षमता सुधार नभएको, सघन उपचार कक्षहरुको व्यवस्था नभएको, भेन्टिलेटर सञ्चालन नगरिएको आदि कारणले बिरामीले उचित उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै अस्पताल र प्रयोगशालाको क्षमता बढाई संक्रमितको उपचार गर्न आवश्यक परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

संक्रमितको उपचारका लागि कोभिड१९ अस्पतालको पूर्वाधार व्यवस्थापन गर्न, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउन, ड्राई स्वाब संकलन गरी पिसिआर परीक्षण गरी राज्यको धनराशी जोगाउन, संक्रमण सूचित हुनासाथ द्रुत उपचार गर्न, निजी मेडिकल कलेज तथा अस्पतालहरुमा क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न तथा संक्रामक रोग नियन्त्रण तथा रोकथामका विधिहरुको पूर्ण पालना गराउन मुलुकी देवानी कार्यविधि संहिता २०७४ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

press brt 1

press brt 2

press brt 3

press brt 4

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ४९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम