हतियारसहित काठमाडौंमा तीन जना पक्राउ | Khabarhub Khabarhub

हतियारसहित काठमाडौंमा तीन जना पक्राउ


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हतियारसहित तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित पक्राउ गरेको हो।

नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङले ती हतियार उनीहरुलाई दिएको पाइएपछि प्रहरीले नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको छ।

तर अम्मरले पनि ती हतियार आफ्नो नभएको बताएका छन्। उनले डाँका मुद्दामा सँगै जेल परेका धनुषाको धारापानीका शम्भु कार्कीको भएको बताए पनि शम्भुले समेत ती हतियार अर्कै व्यक्तिको भएको बताएका छन्।

उनले धादिङको खाल्टे घर भएका राजकुमार गुरुङलाई ती हतियार राख्न दिएको बताएका छन्।

राजकुमार बालाजुको एक होटलको साहुलाई राख्न दिएको र साहुले बिकेश पण्डितलाई दिएको बताएका छन्।

अम्मर तामाङ डाका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी २०७६ फागुन २२ गते थुना मुक्त भएका थिए।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ३४ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि