गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय | Khabarhub Khabarhub

गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै गुल्मी जिल्लामा एक हप्ताका लागि लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले भदौ ५ राति १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्ने तयारी गरेको हो ।

जिप्रका गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीले जिल्लाभर लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको खबरहबलाई बताए ।

‘भोलि शुक्रवार बाह्र बजेदेखि गुल्मी जिल्लाभर लागू हुने गरी एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको छ,’ उनले भने ।

जिप्रका गुल्मीले सूचना जारी गरेर यसबारेमा सर्वसाधारणलाई जानकारी गराउने तयारी गरेको पन्थीले बताए ।

यसअघि गरिएको लकडाउन खुलेसँगै गुल्मी जिल्लामा जनजीवन सामान्यजस्तै बनेको थियो । जनजीवन सामान्य बन्दै गएको र कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ३७ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।