भलिबल खेलाडी मालिको उपचारका लागि २ लाख सहयोग | Khabarhub Khabarhub

भलिबल खेलाडी मालिको उपचारका लागि २ लाख सहयोग


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलाडी कल्याण कोषले राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई आर्थिक सहयोग गरेको छ ।

चोटग्रस्त मालीको उपचारका लागि सोमबार कोषले दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

कोषले हरेक वर्ष विभिन्‍न समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ भने यस वर्ष उक्त रकम चोटग्रस्त मालीको उपचारका लागि सहयोग प्रदान गरेको हो ।

मालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ, संस्थापक अध्यक्ष दीपक विष्ट, सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलगायतले सोमबार सातदोबाटोस्थित अस्पतालमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि मालीलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि उपचार खर्च स्वरुप पाँच लाख र भलिबल संघका पदाधिकारीले व्यक्तिगततर्फाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

माघ १० गते नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्‍वरस्थित राखेपको कभर्डहलमा आयोजना भएको एनभीए कप भलिबल खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ५१ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार