को बन्ला राखेप सदस्य सचिव ! | Khabarhub Khabarhub

को बन्ला राखेप सदस्य सचिव !



काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण मैदानमा ठप्प नेपाली खेलकुद मैदानबाहिर भने यतिबेला निकै चलायमान छ ।

असार १७ गतेदेखि राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीविहीन बनेको छ ।

नेपाली खेलकुदको अभिभावक संस्थाका रूपमा रहेको राखेप पदाधिकारीविहीन बनेसँगै कार्याकारी पद सदस्य सचिवको नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

खासगरी राजनीतिक नियुक्तिका आधारमा सदस्य सचिव चयन हुने परम्परा तोड्दै यस पटक खुला आह्वानबाट छनोट थालिएको छ । ऐनले सदस्य सचिव खुला प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने व्यवस्था गरेसँगै सोहीअनुसार नियुक्ति प्रक्रिया सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिवको नेतृत्वमा सदस्य सचिव छनोट समिति गठन भएको छ । समितिमा विज्ञका रूपमा रिम रानाभाट र इन्दिरा निरौला छन् ।

सदस्य सचिवका लागि हालै पदमुक्त सदस्य सचिवदेखि पूर्व खेलाडीहरूसम्म २७ जनाको आवेदन परेको छ, जसमा ३ जना महिला छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता/कार्यकर्ताहरूकै पनि आवेदन परेको छ ।

आवेदकहरूमध्ये तत्कालीन नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापामगर, नेकपाको खेलकुद महासंघका सदस्य मेघराज पौडेल र तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालबीच प्रतिस्पर्धा देखिएको छ ।

समितिले कम्तीमा एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा छ । पुरूष उम्मेदवार २४ जनाबाट दुई जना छनोट गर्न सिफारिस समितिका लागि पनि चुनौतीपूर्ण छ । समितिका संयोजक रामप्रसाद थपलियाका अनुसार सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना अध्ययन गरिरहेको छ ।

ऐनले खुला प्रस्पिर्धाबाट सदस्य सचिव चयन गर्ने व्यवस्था गरे पनि उम्मेदवारहरू राजनीतिक लबिङमा लागेका छन् । राजनीतिक पहुँचका आधारमा बलियो स्थितिमा रहेका थापामगर, पौडेल र सिलवाल अन्तिम आआफ्नो क्षमता अनुसार राजनीतिक कसरतमा छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री निकट मानिने सिलवाल अन्तिम तीनमा पक्का मानिएका छन् । पार्टीको केन्द्रीय सदस्य रहेका थापामगरले पनि तीन जनामा आफू पर्ने विश्वास लिएका छन् ।

उनले सिलवाललाई आफ्नो प्रतिस्पर्धीका मानेका छन् । प्रधानमन्त्रीको साथ रहेका मानिएका सिलवालले सदस्य सचिव रहँदा पार्टी र विभागीय मन्त्रीलाई अटेर गरेका कारण पार्टीले उनको विकल्प खोजेको थापामगरको भनाइ छ ।

उनी भन्छन्, ‘सिलवालजीले पछिल्लो एक वर्षको कार्यकालमा पार्टीको मर्मअनुसार काम गर्न नसकेको निस्कर्ष पार्टीको छ । पार्टीले नै विकल्प खोजेपछि आवेदन दिएको हुँ ।’

सदस्य सचिवमा आवेदन दिएपछि आफूले प्रधानमन्त्रीलाई भेटेको पनि उनले बनाए । प्रधानमन्त्रीले ‘मन्त्रीसँग कुरा गर्छु’ भनेको उनले बताए ।

सिफारिस समितिले २७ जनामध्येबाट अर्को कसैलाई आफूभन्दा योग्य ठाने उसैलाई सघाउने पनि थापामगरले बताए । उनले भने, ‘मभन्दा योग्य अरू कोही हुनुहुन्छ भने म सहयोग गर्न तयार छु ।’

सदस्य सचिव हुँदा सिलवालले विभागीय मन्त्रीलाई बेवास्ता गरेको, आफू सदस्य सचिव भएकैले साग आयोजना हुन सकेको र नेपालले ५१ स्वर्ण जितेको दाबी गर्ने गरेकोमा मन्त्री जगतबहादुर सुनार विश्वकर्मा रुष्ट रहेको स्रोतहरूको भनाइ छ ।

सिलवाल भने मौन रहेका छन् । नयाँ ऐन कार्यान्वयन भएपछि सिलवालले आवेदन दिएर सदस्य सचिवका लागि दौडधुप नगर्ने बताएका थिए तर बालुवाटारको साथ पाएपछि उनले आवेदन दिएको स्रोत बताउँछ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ०९ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड