मुस्ताङमा पनि कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए ५० संक्रमित | Khabarhub Khabarhub

मुस्ताङमा पनि कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए ५० संक्रमित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार साँझ मुस्ताङसहित गण्डकी प्रदेशका ४ जिल्लाका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासी सुस्तापूर्वका १८ जना र मुस्ताङका १ गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ |

थप भएका नयाँ संक्रमितहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाएको छ ।

यसअघि नेपालका ७४ जिल्लामा कोरोना संक्रमित देखिएका थिए । अब मुस्ताङ पनि थपिएसँगै ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले समेत विज्ञप्ति जारी गर्दै मुस्ताङमा पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

उनी काठमाडौंको बौद्धबाट हालै मुस्ताङ गएको जनाइएको छ । ८३ वर्षीया उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ३८ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्