अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएको ट्रम्पको दावी | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएको ट्रम्पको दावी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण अन्यत्र भन्दा अमेरिकामा राम्रो भएको दावी गरेका छन् ।

ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् ‘अमेरिकामा संक्रमित सबैभन्दा धेरै देखिनु अन्यत्रको भन्दा यहाँको परीक्षण राम्रो भएर पनि हो मैले यसलाई ‘सम्मान’ का रुपमा लिन्छु ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता सोमबार पहिलोपटक मन्त्रीपरिषद बैठक राखेका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।

अमेरिकामा धेरै संक्रमित हुनुको अर्थ परीक्षण पनि धेरै भएको उनको दावी छ । अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म ९३ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको छ भने १५ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ०२ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा