अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग | Khabarhub Khabarhub

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले  प्रेस विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य अधिवक्ता ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ ।

“कुनै पनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानूनको शासन नभएको सङ्केत हो”, प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधान कानूनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटकपटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।”

अधिवक्ता ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उहाँलाई थुनामा राखेको छ ।

बारले नागरिकको मौलिक तथा मानव अधिकार रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड