एआईजी सिंहको बढुवा सिफारिस लोक सेवाद्वारा सदर | Khabarhub Khabarhub

एआईजी सिंहको बढुवा सिफारिस लोक सेवाद्वारा सदर


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहको बढुवा सिफारिस लोक सेवा आयोगले सदर गरेको छ ।

उजुरी उपर छानबिन गरेपछि कार्यसम्पादन मूल्यांकन अंकको आधारमा बढुवा रितपूर्वक भएको निष्कर्ष आयोगले निकालेको हो ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिइन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।

राई नेतृत्वको समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा दोस्रो नम्बर वरियतामा रहेकी डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : १६ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा